site stats
बाह्रखरी :: Baahrakhari
खेल
खेलकुदमन्त्री भन्छन्– नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुट्यो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्को ५८ औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भइसकेको र छिट्टै अर्थमन्त्रालयमा पेश गर्ने बताए । 

जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका लागि छलफल भइरहेको उनको भनाइ छ । मन्त्री गहजरातले आगामी आर्थिक वर्षमा खेल क्षेत्रलाई प्रभावकारी बनाउन पर्याप्त बजेट बिनियोजनका लागि प्रतिवद्ध रहेको बताए । 

खेल क्षेत्रमा लगानी पर्याप्त नरहेको भन्दै यस क्षेत्रको प्रभावकारी विकासका लागि बजेट अभाव नै समस्या भएको उनको भनाइ छ ।  

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्