खेल

काठमाडौं । साविक विजेता चेल्सीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा सबभन्दा धेरै उपाधि जित्न सफल रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
रियाल मड्रिडले सबभन्दा धेरै १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । चेल्सीले दुईपटक उपाधि जितेको छ । त्यस्तै इङ्लिस प्रिमियर लिगको अर्को क्लब म्यानचेस्टर सिटीले स्पेनकै अर्को क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
इङ्लिस प्रिमियर लिगकै अर्को क्लब लिभरपुल भने बेनफिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जर्मन बुन्डेसलिगाका क्बल बायर्न म्युनिखले स्पेनको भियारियालविरुद्ध खेल्नेछ ।
क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ५ र ६ मा हुनेछ भने दोस्रो लेग १२ र १३ अप्रिलमा हुने छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १७:२८
प्रतिक्रिया दिनुहोस्