site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को यूएईमा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टोलीविरुद्ध जितका लागि १६९ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गरेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएपछि नेपालले १६९ रनको लक्ष्य पाएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईका कप्तान अहमद राजाले टस जितेर ब्यटिङ गर्ने निर्णय गरेका थिए । नेपालका सोमपाल कामीले तीन तथा करण केसीले एक विकेट लिँदै यूएईका कप्तान अहमदको निर्णय गतल सावित गरिदिएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लगातार अग्रपंक्तिका चार शीर्ष ब्याट्सम्यानलाई गुमाएरपछि यूएई दबाबमा परेको थियो । ओपनर चिराग सुरी ६, वृत्या अरविन्द तीन, मुहम्मद वासीम २१ र आसिफ खान दुई रन बनाएर पवेलियन फर्किएका थिए ।

१०.३ ओभरमा आसिफ आउट हुँदा यूएई ३५/४ को अवस्थामा थियो । त्यसपछि रोहन मुस्तफा र चुन्दगापोयल रिजवानले घरेलु टोलीको इनिङ्स सम्हालेका थिए । उनीहरूले दुई पाँचौँ विकेटका लागि ७७ रनको साझेदारी गरे । दुईजनाको साझेदारी नेपालका कप्तान सन्दीप लामिछानेले तोडेका थिए । 

सन्दीपले चुन्दगापोयललाई विकेटकिपर आसिफ शेखमार्फत क्याच गराएका थिए । चुन्दगापोयलले ४० रन बनाए ।

त्यसपछि यूएईले लगातार अर्को दुई विकेट गुमायो । रोहन मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरे भने बासिल हमिदलाई सागर ढकालले ज्ञानेन्द्र मल्लमार्फत क्याच गराए । पुपुवा न्युगिनीविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सागरको यो पहिलो विकेट हो । पीएनजीविरुद्ध सागरले चार ओभरमा विनाविकेट २१ रन खर्चिएका थिए ।

मुस्तफाले ४० रन जोड्दा हमिदले १४ रन बनाए । कशिफ दाउदले १८ रन बनाउँदा कप्ता राजाले १३ रनको योगदान गरे । जहुर खान शून्यमा आउट भए । दाउद र राजाले आठौँ विकेटका लागि २७ रनको साझेदारी गरे । 

नेपालका सोमपालले तीन विकेट विकेट लिए । उनले पीएनजीविरुद्ध पनि तीन विकेट लिएका थिए । करणले दुई विकेट लिए भने सन्दीप, सागर र दीपेन्द्रसिंहले एक/एक विकेट लिए । 

पीएनजीविरुद्ध खेलेको टोलीमा नेपालले आज एक खेलाडी परिवर्तन गरेको थियो । विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरी टिममा परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्