site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय,बाह्रखरी गल्फ
बैंक उद्यमीको सहयोगी मात्रै हो, भिजन युवाले नै ल्याउने हो : बैंकर शेरचन

काठमाडौं । बैंकर अशोक शेरचनले बैंक व्यवसायीको सहयोगी मात्रै भएको बताएका छन् । बाह्रखरी मिडियाले सुनसरीको इटहरीमा आयोजना गरेको युवा उद्यमी सम्मेलनमा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शेरचनले युवाहरूले ल्याएको भिजनमा बैंकले फाइनान्स गरेर सहयोग गर्ने मात्रै भएको बताए ।

उनले नेपालको परिवर्तनका लागि युवाहरूले आफ्नो सोचमा नै परिवर्तन गर्नुपर्ने बताए । “अहिले युवाहरूमा ‘माइन्ड सेट’ हैन ‘सेट माइन्ड’ हुँदै गइरहेको छ । हाम्रो माइन्ड सिमेन्टेड भएको छ,” बैंकर शेरचनले भने, “कुनै पनि काम गर्न खोज्दा घाटा हुन्छ र बिग्रिन्छ भन्ने माइन्ड विगतदेखि बनाइँदै आइएको छ । जसले हामीलाई पछाडि धकेलिसकेको छ । अब हामीले सेट माइन्डलाई चेन्ज गरेर माइन्ड सेट गर्न जरुरी छ ।” 

उनले अहिले पनि नेपालको अधिकांश युवाका अभिभावक छोराछोरी विदेश जाने भन्दा खुसी भएर पार्टी गर्ने अवस्था रहेको बताए । “हामोमा युवा विदेश जाने सोचलाई परिवर्तन गर्न अझै केही समय लाग्छ । देशको जुन कुनामा गएर पनि परिवारलाई सोध्नुस्, सन्तान बाहिर जाँदै छ भन्दा खुसी हुन्छन् ।” त्यो सोच परिवर्तन गर्न युवा उद्यमीले नेतृत्व लिन जरुरी रहेको उनले बताए ।

नेपालको औद्योगिक विकासका लागि पूर्व क्षेत्र ऐतिहासिक भएको उनले बताए । नेपालमा उद्योगको सुरुवात १९४६ मा पूर्वबाट र नेपालमा औद्योगीकरणको सुरुवात पनि पूर्वबाट नै भएको उनले स्मरण गरे ।

उनले अब औद्योगिक नेतृत्व युवाबाट नै हुनुपनर्ते बताए । त्यसमा युवाहरू अगाडि बढ्ने विश्वास आफूले लिएको शेरचनले बताए ।

कार्यक्रमा कार्यप्रत्र प्रस्तुतकर्ताले प्रदेश १ सेवा क्षेत्रमा पछाडि रहेको उल्लेख गरेको थिए । उनले त्यसमा टिप्पणी गर्दै शेरचनले कोसी नदीदेखि, सर्वोच्च शिखर सगरमाथा रहेको पूर्वमा पर्यटनलगायतका सेवा क्षेत्रको सम्भावना प्रशस्त रहेको उल्लेख गरे । “बैंक भनेको फाइनान्स गर्ने स्रोत मात्रै हो । आइडिया जेनेरेट गर्ने निर्णय लिने, कम्युनिकेट गर्ने र फाइनान्सिङ गर्न कन्भेन्स गर्न युवाहरूले हो,” उनले भने, “ युवाले आफ्नो भिजनले विश्वास जित्न सके त्यसले धेरै महत्व राख्छ । अब समेट्नुपर्ने भनेको मास पपुलेसनलाई हो ।”

उनले युवा भनेको एकै ठाउँमा उभिने र बस्ने नभएर हरेक समय दौडिने जिम्मेवारी भएको पनि बताए । “बैंक तथा वित्तीय संस्था उद्यमीको सहयोगीको रूपमा सदैव रहन्छ । साना होस् या ठुला सबै व्यवसायमा हाम्रो क्षमता अनुसार लगानी गर्छौं,” उनले भने, “कतिपय क्षेत्रमा वातावरणी समस्या रहन्छ । त्यसबाहेक बैंकका हरेक शाखाले यहाँहरूलाई सर्पोट गर्छ र यहाँबाट पनि केही कुरा लिइरहेको छ ।”

बाह्रखरी मिडियाले प्रदेश १ केन्द्रित आयोजना गरेको एनसेल बाह्रखरी गल्फ, इकोनोमिक समिट र योङ आन्टरप्रिन्युअर कन्क्लेभमध्ये शुक्रबार इटहरीमा भएको योङ आन्टरप्रिन्युअर कन्क्लेभमा बैंकर शेरचनले राखेको धारणा ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २०:००