site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीका मन्त्री  कार्चेन लामाविरुद्ध उच्च अदालतमा रिट दायर
Argakhachi Cement Island Ad

काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् समावेशी नभएको तथा फौजदारी कसुरका दोषीलाई मन्त्री बनाएको भन्दै उच्च अदालत सुर्खेतमा रिट परेको छ ।

सुर्खेतकी २० वर्षिया विनिता बोगटीले संविधानको समावेशी सिद्धान्तविपरीत बनेको मन्त्रिपरिषद् विघटन गरी समावेशी सिद्धान्त अनुरूप गठनको आदेश माग गर्दै रिट दायर गरेकी हुन् ।

उनले सांसद नभएर पनि मन्त्री बनेका कार्चेन लामा मूर्ति चोरीको अभियोग प्रमाणित भई जेल सजाय काटेको व्यक्ति भएको भन्दै नैतिक पतन देखिने फैजदारी कसुर पाएका उनलाई मन्त्री पदबाट हटाउन माग गरेकी छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्