site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । आगामी २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । 

निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुग्ने मतदाताले मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो । 

“मतदाता नामावली संकलन भइसकेको । वैशाख २९ गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने निर्णय भएको छ,” आयोग स्रोतले भन्यो । 

यसअघि निर्वाचन घोषणा भएको मितिलाई कटअफ डेट मानेर निर्वाचनमा सहभागी गराउने गरेको थियो । निर्वाचनको मिति घोषणा भएदेखि निर्वाचन नहुँदासम्मको अवधिमा उमेर पुगेकाले मतदान गर्न छुट्ने गरेका थिए । 

“मतदाता नामावली सम्बन्धी ऐनको दफा ६ को ख मा आगोगले तोकेको मितिमा १८ वर्ष पुगेकाले मतदान गर्न पाउनेछन् । सूचना राजपत्रमा प्रकाशन गर्ने भनिएको छ । ऐनमा व्यवस्था भएको कुरालाई किन कार्यान्वयन नगर्ने भनेर सो मितिलाई तोकेका हौँ,” स्रोतले भन्यो । 

सो मितिमा १८ वर्ष पुगेकाहरुलाई परिचयपत्र २७–२८ गतेमात्रै वितरण गर्ने तयारी छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro