site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
धनुषा कांग्रेस सभापतिका लागि त्रिपक्षीय भिडन्त !
SkywellSkywell

जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषा जिल्ला सभापतिका लागि त्रिपक्षीय पतिस्पर्धा हुने देखिएको छ । जिल्ला सभापतिका लागि शेरबहादुर देउवा, विमलेन्द्र निधि र डा. शेखर कोइराला समूहबीच प्रतिस्पर्धा हुने करिब निश्चितजस्तै छ ।

तीनै जना अकांक्षीले उमेदवारी दिन खुलेरै तयारी गरिरहेका छन् । यद्यपि अहिलेसम्म एकजनाले मात्रै औपचारिक रूपमा उमेदवारी घोषणा गरेका छन् । निधि समूहबाट क्षीरेश्वरनाथ नगपालिकाका नगर प्रमुख योगेन्द्र पञ्जियारले आज उमेदवारी दिने घोषणा गरेका हुन् । 

प्रदेश २ संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवको प्रस्तावमा पञ्जियारले उमेदवारी घोषणा गरेका हुन् । उनको उमेदवारीलाई वर्तमान सभापति महेशशंकर गिरीले सर्मथन गरेका छन् ।

KFC Island Ad
NIC Asia

"पार्टीलाई मजबुत बनाउन र अगामी निर्वाचनमा बढी सिट जिताउनsf लागि सभापति पदमा उमेदवारी घोषणा गर्दछु," उनले भने । २०५६ सालदेखि पार्टीमा लागेका पञ्जियार नेपाल तरुण दलको जिल्ला उपाध्क्ष, अध्यक्ष र धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट तीनपटक क्षेत्रीय सभापति भइसकेका छन् । 

पार्टी देउवा समूहबाट सन्तोष यादवले उम्मेदवारी दिने तयारी गरेका छन् । वर्तमान उपसभापतिसमेत रहेका यादवले जिल्ला अधिवेशनको मिति फेरिएकाले केही समयपछि उमेदवारी घोषणा गर्ने जानकारी दिए । देउवा समूहबाट प्यानलसहित उमेदवारी दिने उनले बताए ।

तीनपटक जिल्ला कमिटी सदस्य, सचिव र उपसभापति भइसकेका उनले आफूले शीर्ष नेताहरूको आश्वासन अनुसार जित्ने अधार प्रस्तुत गरे । "पछाडि हट्न सकिन्न । १३औँ महाधिवेशनमा सभापतिका लागि नोमिनेसन दिएको थिएँ," उनले भने, "अनुशासित कार्यकर्ता भएकाले शीर्ष नेताहरूको निर्देशन मानेर उमेदवारी फिर्ता लिएको थिएँ । उहाँहरूले १४औँ महाधिवेशनमा सभापति बनाउने पक्कापक्की अधारहरू दिनुभएको थियो । सोहीअनुसार म सभापतिमा उठ्दै छु ।"

यता, रामचन्द्र पौडेल र शेखर कोइराला समूहबाट पूर्व सांसद दिनेश प्रसैलाले पनि उमेदवारी दिने तयारी गरेका छन् । उनले शीर्ष नेताको सर्मथनमा आफूले उमेदवारी दिन लागेको बताएका छन् । प्रदेश अधिवेशनमा कोइराला समूहले निधि समूहसँग तालमेल गरेको थियो । तर, जिल्ला अधिवेशनमा छुट्टै उमेदवारी दिने उनले बताए । "देश र पार्टीमा परिर्वतनका लागि उमेदवारी दिन लागेको छु," उनले भने, "पार्टीलाई सुढृढ, पार्दशिता बनाउन उमेदवारी दिन्छु ।"

अधिवेशन रोक्न अनशन 

यसैबीच, महोत्तरीको जिल्ला अधिवेशन रोक्न माग गर्दै बजरंग नेपालीले जिल्ला पार्टी कार्यालय जलेश्वरमा अनशन थालेका छन् । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशन गर्न लागेको भन्दै उनले अनशन थालेका हुन् ।

पार्टीका शीर्ष नेताहरूलाई महोत्तरी क्षेत्र नम्बर ३ को अधिवेशन गराएर जिल्ला अधिवेशन गराउन पटकपटक ध्यानाकर्षण गराएपनि नमानेकाले बाध्य भएर अनशन थालेको उनको भनाइ छ । क्रियाशील सदस्यता वितरणमा पनि उनको असन्तुष्टि  छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro