site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीप्रति विद्यार्थीको आकर्षण बढ्दो छ : सुदेश पराजुली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफूहरूको संगठनमा विद्यार्थीको आकर्षण बढेको बताएका छन् । अनेरास्ववियू केन्द्रीय कमिटीले बिहीबार थापाथली क्याम्पसमा आयोजना गरेको कार्यक्रममा पराजुलीले आफूहरूप्रति विद्यार्थीको आकर्षण बढेको बताएका हुन् ।

उनले अब 'मण्डले प्रवृत्ति' भएका गठनहरूलाई विद्यार्थीले बहिस्कार गर्ने पनि बताए । “अब मण्डले प्रवृत्ति भएका विद्यार्थी संगठन हुँ र नेता हुँ भन्ने संगठनहरूलाई आम विद्यार्थीहरूले बहिस्कार गर्नेछन् । हामीप्रति विद्यार्थीको आकर्षण बढ्दो छ,” उनले भने ।

उनले आफ्ना विद्यार्थी नेता कार्यकर्तालाई विद्यार्थीको एजेन्डामा रही काम गर्न आग्रह गरे ।

सो अवसरमा नेकपा एमाले निकट अनेरास्ववियुका सचिवालय सदस्य आर्जन वाग्लेसहित विभिन्न विद्यार्थी नेताहरू अनेरास्ववियूमा प्रवेश गरेको अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro