site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा विवाहपञ्चमीको रौनक (तस्बिरसहित)

जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको उत्सवले रौनक छाएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी महोत्सव अन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा भगवान रामले सीतासँग विवाह गर्न धनुष भाँचेर विवाह गरेको जनविश्वास छ । विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको चौथो दिन भोलि (सोमबार) तिल्कोत्सव, मंगलबार राम र जानकीको मटकोर रहेको छ भने बुधबार मुख्यदिन विवाह हुने कार्यतालिका रहेको छ । बिहीबार रामकलेवा गरी विधिवत रूपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

भरिभराउ जनकपुर

जनकपुरधाम अहिले महोत्सवमा सहभागी हुन आएका श्रद्धालुहरूले भरिभराउ भएको छ । विवाहपञ्चमी महोत्सवका लागि नेपालको विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालु आएका छन् । यहाँ विवाहपञ्चमीका लागि लागि चहलपहल बढेको जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले जानकारी दिए ।

कोरोना भाइरसका कारण प्रभावित हुँदै आएको विवाहपञ्चमीमा यस वर्ष करिब पाँच लाख श्रद्धालु आउने अनुमान गरिएको छ ।

बुधबार सार्वजनिक बिदा

प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम सीताराम विवाह पञ्चमीका लागि विदा दिइएको हो । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी र निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिएको छ । 

तीन दिन विद्यालय बन्द रहने

मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका महाशाखा प्रमुख मेहिलाल यादवले जानकारी दिए । सूचनामा विवाह पञ्चमी मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई मंसिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ । 

माछा, मासु र मदिरामा रोक

विवाहपञ्चमीकै लागि एक हप्ता जनकपुरधाम परिक्रमा क्षेत्रमा माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । मंसिर २६ गतेसम्म पालिकाले माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । विभिन्न व्यपारीहरूको संगठनले यो निर्णयलाई स्वीकार गरे पनि लुकिछिपी व्यपारीहरूले माछा, मासु र मदिरा बिक्री वितरण गर्ने गरेको पाइएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro