राजनीति

चितवन । एमालेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।
अन्तिम नामावली प्रकाशनपछि अब विद्युतीय मतदानका लागि इन्ट्री गर्नुपर्ने हुन्छ ।
निर्वाचन आयोगका अनुसार मतदान राति २ बजेपछिमात्र हुनेछ । मतदानका लागि ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको आयोगले बताएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८ २२:१९
प्रतिक्रिया दिनुहोस्