site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ईश्वर पोखरेल– संस्थापनसँग मिलेर सधैँ फाइदामा,यसपटक बादल र नेम्वाङले रोक्न सक्छन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । “परिस्थिति, कार्यकर्ताको चाहना आवश्यकता छ कि छैन ? हेक्का राख्नुपर्छ । इतिहास, निरन्तरता, क्षमताले कुनै पनि जिम्मेवारी डिजर्भ गर्छु,” एमालेका महासचिव ईश्वर पोखरेलले गत भदौमा पत्रकारसँगको अन्तरक्रियामा भनेका थिए ।

पार्टी अध्यक्षको दाबेदारीका विषयमा सोधिएको प्रश्नमा उनको आफू अध्यक्ष पदका लागि योग्य रहेको सांकेतिक जवाफ थियो त्यो । 

एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि  अब केही दिन मात्र बाँकी छ । पार्टी अध्यक्षको आकांक्षा राखेर योग्य छुु भन्ने पोखरेल मुख खोल्न सक्ने अवस्थामा देखिएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेका अधिकांश नेताहरुले वर्तमान संकटको  सामना गर्ने नेता अध्यक्ष केपी शर्मा ओली मात्र भएको भन्दै आफ्नो उमेदवारीबारे पनि उनी ओलीको मुख हेरिरहेका छन् । 

त्यसैले १०औंं राष्ट्रिय महाधिवेशबाट अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने निश्चितजस्तै छ तर पनि आइतबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष भीम रावलले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् ।

Global Ime bank

ओलीलाई अध्यक्ष बनाउन असोज १५–१७ मा भएको विधान महाधिवेशनले ७० वर्षे हदम्यादको सोहीअनुसार व्याख्या गरेपछि ओली निर्विरोध बन्ने जोडबलमा छन् । 

आठौं र नवौं महाधिवेशनबाट महासचिव निर्वाचित भएका पोखरेल भने हालसम्म ओलीलाई चुनौती दिने आँट देखाएका छैनन् ।
एमालेमा एक व्यक्तिले एकै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था छ । सोही कारण उनी यसपटक महासचिवमा उमेदवार बन्न पाउँदैनन । अध्यक्षमा उठ्न ओलीलाई चुनौती दिने आँट उनीसँग नभएको एमालेकै नेताहरु टिप्पणी गर्छन् ।

एमालेले यसपटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको छ । यसलाई पोखरलेलसहित, सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य सबैले आफ्नो व्यवस्थापनका लागि सिर्जना गरिएको पद मानिरहेका छन् । विधान महाधिवेशनले पार्टीमा ५ उपाध्यक्षमध्ये १ वरिष्ठ रहने व्यवस्था गरेको हो । 

वैधानिक बाध्यता र अध्यक्ष लड्ने आँट नहुँदा अप्ठेरोमा रहेका पोखरेल वरिष्ठ उपाध्यक्ष बन्ने लविइङमा छन् । 

कतिपयले उनलाई अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको आश्वासन दिएको तर्क गर्छन् भने कतिले त्यो केही समयका लागि मात्रै भनेका छन् ।

तर, उनले वरिष्ठ उपाध्यक्ष पद पाउने  कुरा पनि सहज देखिँदैन । 

वरिष्ठ उपाध्यक्षका लागि स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र रामबहादुर थापा बादलको लविइङ चलिरहेको छ । गुटभित्रको पकड हेर्दा नेम्वाङ बलियो दावेदार देखिएका छन् । 

ओलीसँग विभिन्न हिसाबले नजिक रहेका नेम्वाङ र ओलीलाई अप्ठेरोमा साथ दिएका थापाको पनि वरिष्ठ उपाध्यक्षमा नै दाबी छ ।
उता, हालका उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन् । 

यसबाहेक युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरु पनि अध्यक्षलाई संकटका बेला साथ दिएकाले आफू वरिष्ठ पाउनुपर्ने दाबी गरिरहेका छन् । त्यसैले वरिष्ठ उपाध्यक्ष कसले पाउने निधो भइसकेको छैन । 

एमालेका नेताहरु सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष नपाउने निश्चित भएपछि भीम रावलले भने अध्यक्षमा उमेदवारी दिएर ओलीको योजनामा ठेस पुर्‍याउने घोषणा गरिसकेका छन् ।

महाधिवेशनमा पदाधिकारी छनोटमा निर्वाचन नहुने हो भने नेताहरुको व्यवस्थापन सहज देखिँदैन । 

तर, अहिले सबैभन्दा ठूलो संकटमा ईश्वर पोखरेल नै छन् –जसले दुई–दुईपटक महासचिव बनेर संगठन हाक्दासमेत अध्यक्षको उम्मेदवारी दिने आँट गर्न सकेका छैनन् ।

दोहोर्‍याएर महासचिव हुँदा नबनेको कद 

एमालेको आठौं महाधिवेशनबाट झलनाथ खनाल अधयक्षमा निर्वाचित भए । बुटवलमा भएको महाधिवेशनमा खनालसँग ओली पराजित हुन पुगे । पोखरेल खनालको सपोर्टमा महासचिव निर्वाचित भए । 

नवौं महाधिवेशनमा भने पोखरेल ओली गुटमै पुगेर  अध्यक्षमा ओली र पोखरेल महासचिव निर्वाचित भए । 

माधवकुमार नेपाल ओलीसँग पराजित भए । दुई–दुई पटक महासचिव निर्वाचित भएका पोखरेल नेकपा एमालेका स्वाभाविक र बलिया उमेदवार हुनुपर्ने हो । तर, दुई–दुई पटक महासचिव भइसक्दा पनि पार्टीमा उनले आफ्नो कद बनाउन नसकेको टिप्पणी हुने गरेको छ । 

एमालेमा ओलीभन्दा पुराना नेता भए पनि संगठनमा पकड बन्न नसकेको र सकारात्मक चर्चा हुन नसकेको वरिष्ठ बामपन्थी नेता राधाकृष्ण मैनालीको विश्लेषण छ । 

“संगठन निर्माणमा उहाँको भूमिका छ । पुरानो नेता पनि हो । तर, दुई–दुई पटक महासचिव भएर पनि संगठनभित्र पकड बनाउन सकेनन्,” मैनालीले भने, “सैद्धान्तिक कुरा पनि गर्छन् । तर उनको दोहोरो चरित्रले कुरा बिगारेको छ ।”

पहिले ओलीको नेता पछि कार्यकर्ता 

२०३३ सालमा कोअर्डिनेशन केन्द्र (कोके) को केन्द्रीय सदस्य भएका हुन् –ईश्वर पोखरेल । एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालसँग पोखरेलले लामो सहकार्य गरे । 

संस्थापनमा जो पुग्छ उसैसँग मिलेर शक्ति आर्जन गर्ने फाइदा लिने स्वभाव पोखरेलको रहेको उनको टिप्पणी छ ।

आठौं महाधिवेशनमा खनाल समूहबाटै महासचिव निर्वाचित भएका पोखरेलले अध्यक्ष खनालँगै द्वन्द्व गरे । 

अध्यक्ष खनालसँग द्व्रन्द्व गरेर महासचिव हुँदा नै ओलीसँग निकट भएका थिए । एमाले अध्यक्ष हुँदा खनालले पार्टी चलाउन नसकेको निष्कर्ष निकालेका पोखरेलले आफूलाई नेतृत्व गर्न सक्ने व्यक्तिका रुपमा प्रस्तुत नगरी ओलीलाई नेता मान्दा पोखरेल अहिलेसम्म दोस्रो–तेस्रो तहको नेतामा सीमित भएका छन् ।  

पोखरेलसँग निकट रहेका एमाले नेता राजेन्द्र गौतम खनालले पार्टी हाँक्न नसक्ने देखेपछि पोखरेल ओलीतिर लागेको बताउँछन् । 

“झलनाथजीले पार्टी नेतृत्व गरेर अघि बढ्ने क्र्रममा जस्ता खालका कमी कमजोरी रहे र  पार्टी सञ्चालन हुन नसक्ने अवस्था बन्यो । त्यसपछि यो पार्टीको नेता केपी ओली हुनुपर्छ र केपी ओलीसँगै सहकार्य गरेर अघि जानुपर्छ भन्नेमा उहाँ पुग्नुभयो,” गौतमले बाह्रखरीसँग भने, “ओली वैचारिक राजनीतिक हिसाबले पनि स्पष्ट, झापा आन्दोलनको हिस्ट्री जोडिएको शीर्षस्थ नेता भएकाले उहाँको नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्छ भन्ने दृष्टिकोणबाट निर्देशित भएर सहकार्य गर्दै अघि आउनुभयो । नवौं महाधिवेशनमा मिलेरै अध्यक्ष र महासचिव हुनुभयो ।” 

आठौं महाधिवेशनमा ओली स्थायी कमिटी सदस्य मात्र थिए । पोखरेल महासचिव भइसकेकाले नेता उनै थिए । तर, उनले ओलीलाई नेता बनाएर अघि बढे ।

वरिष्ठ बामपन्थी नेता मैनालीका अनुसार ओली कमजोर रहेका बेला उनैलाई समातेर माथि पुग्ने दाउ पोखरेलको थियो । तर, उनको दाउ सफल भएन । त्यसैले पहिलेदेखि नै ओलीभन्दा सिनियर रहेका नेता पोखरेल अहिले उनै ओलीको कार्यकर्ता बनेका छन् । “त्यतिबेला केपी कमजोर थिए । कमजोर केपीलाई समातेपछि आफू उठ्छु भनेर लागे । यिनले केपीलाई उठाउन खोजेको होइन । केपीको सहयोगले आफू उठ्न खेजेका हुन् । केपी अझै चतुर परे । र, उनलाई उछिने । त्यसपछि पोखरेल ओलीसँगै टासिन पुगेपछि माधवसँगको सम्बन्ध टुट्दै गयो,” मैनालीले भने, “पहिले त ईश्वर नेता थिए । ओली तल थिए । केपीलाई समातेर माथि जान्छु भनेर लाग्दा ओलीले उछिनिदिए । अहिले ओलीको कार्यकर्ता बन्न पुगे ।”

लामो समय सहकार्य गरेका माधव नेपालसँगको दुरी बढ्यो । ओलीसँगको सम्बन्ध अघि बढ्यो ।  नेपाल महासचिव हुँदा पोखरेलका आकांक्षा सम्बोधन नगर्दा माधवसँग दूरी बढेको बताइन्छ । 

तर, नेता गौतम भने राजनीतिक अस्पष्टताका कारण माधव नेपाल र पोखरेलको दूरी बढेको दावी गर्छन् । 

“माधव नेपालसँग लामो सहकार्य गनुभएको हो । वैचारिक र राजनीतिक एजेन्डाका कारण उहाँहरु टाढा हुँदै जानुभयो । माधव नेपालले नेतृत्व गर्दा पार्टी न भाले न पोथीको स्थिति थियो,” गौतमले भने, “राष्ट्रिय एजेण्डामा दृष्टिकोण विचारसहित आफ्नो भनाइसहित उभिने एमालेको खोजीमा थियौं । त्यो चाहिँ ओलीको नेतृत्वमा स्थापित भयो । नेतृत्व क्षमता, वैचारिक स्पष्टताका कारण ओलीलाई नेता मानेर अघि बढ्नु भएको हुनसक्छ ।”

तर उनै ओलीबाट यसरी पेलिए पोखरेल 

एमालेमा ओली र पोखरेलको सम्बन्ध पनि खासै प्रगाढ छैन । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा ओलीले पोखरेल एक स्टेप पछाडि धकेलिदिए । दुई–दुई पटक निर्वाचित भएका महासचिव पोखरेललाई पाखा लगाएर ओलीले उपमहासचिव विष्णु पौडेललाई अघि सारे । ओलीले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विश्वास लिएर पोखरेललाई पाखा लगाएका थिए । 

ईश्वरलाई पाखा लगाउँदै एमाले–माओवादी एकतापछि उप–महासचिव विष्णु पौडेललाई नेकपाको महासचिव बनाएपछि पोखरेल ओली गुटमा विद्रोही भए । 

अन्ततः ओलीले उनलाई उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी दिए । 

रक्षामन्त्रीमा हुँदै ‘लकिरका फकिर’ भन्दै पोखरेलले दिएको अभिव्यक्तिले उनको सम्बन्ध फेरि ओलीसँग बिग्रियो ।  उनको कार्यप्रति असन्तुष्टि जनाउँदै ओलीले मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालय हेर्ने भनिए पनि विना विभागीय उप्रपधानमन्त्रीमा सीमित गरे । 

एमालेमा उत्तराधिकारीको बहस खासै चलेको छैन । तर, ओली मात्र होइन पुरै ओली समूहले पोखरेललाई  उत्तराधिकारीको रुपमा अघि सार्न चाहेको छैन । 

ओलीले उत्तराधिकारीको रुपमा स्थायी कमिटी सदस्य शंकर पोखरेल वा विष्णु पौडेल मध्येलाई अघि सार्ने विश्लेषण गरिन्छ ।

१०औं महाधिवेशनमा पार्टीको महासचिवमा ओलीले जसलाई अघि सार्छन् उही नै उनको उत्तराधिकारी हुने एमाले बृत्तको बुझाई छ । 

उता, नेकपाको समयमा नै महासचिव बनेका विष्णु पौडेल १०औं महाधिवेशनमा महासचिवका दाबेदार हुन् । 

ओलीलाई अध्यक्षमा समर्थन गर्ने घोषणा सबैभन्दा अघि गरेका पौडेल अहिलेसम्म नेता र कार्यकर्ताले गर्ने मूल्यांकन आफूले स्वीकार्ने बताउँदै आएका छन् । तर, ओलीले शंकर र विष्णुमध्ये मध्ये कसलाई छान्छन् भन्ने अझै निश्चित छैन । 

तर, बहालवाला महासचिव पोखरेल भने आफ्नै विशेषताका कारण पछि पर्ने मैनालीको विश्लेषण छ । ओली गुटका नेताहरुले पोखरेलाई नेता नमान्ने र अरु नेताले उछिनिसकेकोे मैनालीको बुझाई छ । 

“ओली पछाडिको व्यक्तित्वले उनी थिचिए । ओली पछि नेतृत्व गर्नेहरु आइसकेका छन्,” मैनालीले भने, “ईश्वर सानै गुटमा रमाएर बसे ।  ओली गुटको उत्तराधिकारी जो बन्छ अबको एमालेको नेतृत्व उसैले गर्छ । पोखरेललाई ओली पनि उत्तराधिकारी बनाउन चाहँदैनन् । ओलीको समूहकाले पनि नेतृत्वको रुपमा स्वीकार गर्दैनन् ।”

एमालेमा ७० वर्षे उमेरहद कायम नै रहे पोखरेलका लागि यो महाधिवेशन नै अन्तिम हुनेछ । हाल उनको उनी ६७ वर्षमा छन् । ११औं महाधिवेशनमा अध्यक्ष लड्नका लागि उनको उमेर ७१ पुग्नेछ । अहिलेकै विधान कायम भए पोखरेलले अहिले जुन पद पाउँछन् त्यसबाटै विश्राम लिनुपर्ने हुन्छ । 

पोखरेललाई आफ्नै विश्वास पात्रले पनि अध्यक्षका रुपमा उभ्याउन सकेका छैनन् । 

उनी निकटका नेता राजेन्द्र गौतम अध्यक्षका लागि पोखरेल योग्य भए पनि अहिलेको परिस्थितिमा ओलीको विकल्प नभएको बताउँछन् । 

तर, पोखरेलले जसलाई साथ दियो उही व्यक्ति नेतृत्वमा स्थापित भएको उनको दाबी छ । 

“ईश्वर पोखरेल जहाँ उभिनुभएको छ । त्यो निर्णायक भएको छ । उहाँले जसलाई समर्थन गरेको छ नेतृत्वमा उही नै स्थापित भएको छ,” गौतमले भने, “मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओलीको सेकेन्ड म्यान कि पर्सन भएर भूमिका खेल्नुभएको छ ।”

पोखरेल निकटका गौतमको अहिलेकै भनाइको निष्कर्ष निकाल्ने हो भने पनि पोखरेल दोस्रो तहको नेतामा सीमित हुने अवस्था छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC