अर्थ व्यवसाय
काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश संशोधन गरेको छ । कार्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको भए पनि नेपाल राष्ट्र बैंकको निर्देशन पछि बैंकले बोनसको हिस्सा बढाएर कर प्रयोजनको लागि मात्रै नगद लाभांश प्रस्ताव गरेको छ ।
अब बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि ०.६८४२ प्रतिशत नगद लाभँंश प्रस्ताव गरेको छ । बैंकले यसअघि कुल १३.७१२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा लाभांश केही घटाएर अब १३.६८४२ प्रतिशत मात्रै लाभांश दिने भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ ११:४९
प्रतिक्रिया दिनुहोस्