site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश–२ : समितिमै अड्किए विधेयक
SkywellSkywell
KFC Island Ad
NIC Asia

जनकपुरधाम । प्रदेश नम्बर–२ मा संसदले प्रभावकारी रुपमा काम नगरेको टिप्पणी भइरहेको छ । संसद अन्तरगतका संसदीय समितिहरुमै धेरै विधेयक अड्किएका छन् । मदरसा शिक्षा बोर्डसम्बन्धी विधेयकमा विवाद कायमै छ । विधेयक महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा पुगेको तीन वर्ष दुई महिना भए पनि अझै सहमति जुटेको छैन । समाधान खोज्न समितिले पनि कछुवा गतिमा काम गरिरहेको छ ।
 
समितिका सभापति जयनुल राइन अरू दलका सांसदको विरोधका कारण सहमति नजुटेको बताउँछन् । ‘‘विवादित कुरा केही पनि छैन विधेयकमा,’’ उनले भने । विधेयक पारित हुनुपर्ने उनको धारणा छ ।
 
सोही समितिमा ०७६ कात्तिक २९ गते प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयक पुग्यो । तर, अझै प्रदेशसभामा पुगेको छैन । सभापति राइनले कोरोना महामारीका कारण ढिलो भएको दाबी गरे । उक्त विधेयक प्रदेशसभामा लैजाने अन्तिम तयारीमा रहेको उनको भनाइ छ ।
 
यी मात्रै होइन, विभिन्न विषयगत समितिमा नौवटा विधेयक छन् । विवाद समाधान तथा आवश्यक छलफलका लागि लामो समयदेखि समितिमा विधेयक अड्किएका हुन् ।
 
दर्जनभन्दा धेरै विधेयक ‘पेन्डिङ’

०७५ साउन ७ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले लैंगिक तथा घरेलु हिंसा नियन्त्रण गर्न विधेयक बनाउन सम्बन्धित मन्त्रालयलाई सहमति दियो । तर, उक्त विधेयकको ड्राफ्ट पनि बनेको छैन ।
 
०७५ भदौ ४ गते मन्त्रिपरिषद्ले सुनचाँदी व्यवसायीलाई व्यवस्थित गर्ने विधेयकको मस्यौदा तयार गर्न तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दियो । तर, मन्त्रालयले यो विधेयकको पनि मस्यौदा तयार पार्न सकेको छैन । मन्त्रिपरिषद्ले सहमति दिइसकेका करिब एक दर्जन विधेयक बन्न बाँकी छ ।
 
प्रदेश–२ का अर्थमन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले सरकारले आवश्यकता हेरेर विधेयक निर्माण प्रक्रिया अघि बढाएको बताए । राजनीतिक उतारचढाव र कोरोना महामारीका कारण केही महत्त्वपूर्ण विधेयकहरू पारित गर्न ढिलाइ भएको उनले स्वीकार गरे । अलपत्र परेका विधेयकहरू अबको बैठकमा अगाडि बढ्ने उनको भनाइ छ ।
 
बैठक छलेर अध्यादेशमार्फत निर्णय
गएको असोज २२ गते प्रदेश–२ प्रदेशसभाको बैठक अर्को सूचना नहुेन्जलसम्मका लागि स्थगित गरियो । त्यसको एक महिना बितिसक्दा समेत सरकारले बैठक नबोलाएर अध्यादेशमार्फत निर्णय गरिरहेको छ ।
 
कात्तिक ९ गते सरकारले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष विश्वविद्यालयसम्बन्धी दुई अध्यादेश सिफारिस गरेको थियो । सप्तरीमा कृषि विश्वविद्यालय र वीरगन्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी विधेयक कात्तिक २३ गते प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गरिसकेका छन् ।
 
प्रतिपक्ष दलका प्रदेशसभा सदस्यले अध्यादेशमार्फत निर्णय गरिएको विषयमा आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले सत्तारूढ दल प्रदेशका जनता र संसद्प्रति इमानदार नभएको टिप्पणी गरे । प्रदेशसभाको बैठक नबोलाई सरकारले अध्यादेशमार्फत काम चलाएको उनको आरोप छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro