काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा तेह्रथुम पावर कम्पनीको सेयर सूचीकरण भएको छ । तेह्रथुम पावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
कम्पनीको आयोजना प्रभावित स्थानीयलाई जारी गरेको चार लाख कित्ता र अन्य सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्तासहित १२ लाख कित्ता सर्वसाधारण्को र संस्थापकले लगानी गरेको २८ लाख कित्ता गरी कुल ४० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै अगामी आइतबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीको सेयर दोस्रो बजारमा कारोबारका लागि प्रतिकित्ता ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ रेन्जको जुनसुकै मूल्यबाट कम्पनीको सेयर कारोबार खुल्न सक्नेछ ।
नेप्सेले आईपीओ जारी गरेर सूचीकृत भएका कम्पनीलाई पछिल्लो अडिटेड ब्यालेन्स सिटको नेटवर्थको तीन गुणसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ ।