site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा पौडेल पक्षको वर्चस्व : पौडेलका ६ र देउवाका ४ पालिकामा विजयी

दाङ । दाङमा नेपाली कांग्रेसको पालिका स्तरीय निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हाबी भएको छ । दाङका १० पालिकामध्ये ६ पालिकामा पौडेल र ४ पालिकामा शेरबहादुर देउवा पक्ष निर्वाचित भएका छन् ।

घोराही उपमहानगरपालिका, लमही नगरपालिकाक, राजपुर र गढवा गाउँपालिकामा देउवा समूहका उम्मेद्वार विजयी भएका छन् भने तुलसीपुर उपमहानगरपालिकाका साथै बबई, राप्ती, बंगलाचुली, शान्तिनगर र दंगिशरण गाउँपालिकामा पौडेल पक्षका उम्मेद्वार विजयी भएका छन् । 

घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत विजयी भएका छन् भने उपसभापतिमा दुर्लभ केसी र प्रदीप सुवेदी, सचिवमा भिमकान्त चौधरी र पुष्पराज आचार्य निर्वाचित भएका छन् । सहसचिवमा चेतन बस्नेत र राजकुमार बस्नेत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


 
उता तुलसीपुर उपमहानगरपालिकाको सभापतिमा सुरेश हमाल निर्वाचित भएका छन । उपसभापतिमा बिनिल केसी र गौरव सुवेदी, सचिवमा बिमल पौडेल, सुशिल वली तथा सहसचिवमा शेषमणि भण्डारी र झनकबहादुर बस्नेत निर्वाचित भएका छन् ।

गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल विजयी भएका छन् । सचिवमा पूर्णप्रसाद चौधरी र पोषणराज शर्मा निर्वाचित भएका छन् । राजपुर गाउँपालिकाको सभापतिमा नरेन्द्रसिंह भण्डारी निर्वाचित भएका छन् । उपसभापतिमा अमृत खड्का र आशाराम यादव निर्वाचित भएका छन् ।

लमही नगरपालिकाको सभापतिमा सन्तोष बुढाथोकी निर्वाचित भएका छन् । उपसभापतिमा जगनारायण चौधरी र बिनोद खड्का तथा सचिवमा कौशलप्रसाद चौधरी र प्रेम कालाथोकी विजयी भएका छन् । सहसचिवमा खिमबहादुर योगी र हिमानसिंह न्यौपाने निर्वाचित भएका छन् ।

यसैगरी दंगिशरण गाउँपालिकाको सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । उपसभापतिमा गिरिराज न्यौपाने र दुर्गाबहादुर बोहोरा तथा सचिवमा ओपेन्द्रराज शर्मा र बामदेव विष्ट विजयी भएका छन् । सहसचिव टोपबहादुर खड्का र डम्बर वली निर्वाचित भएका छन । बबई गाउँपालिकामा सभापति प्रकाश बस्नेत निर्वाचित भएका छन् । शान्तिनगर गाउँपालिका सभापतिमा झलक केसी भएका छन् ।

बंगलाचुली गाउँपालिकाको सभापतिमा जागेश्वर अधिकारी, उपसभापतिमा इन्द्रमणी वली र दोर्ण खत्री, सचिवमा बलदेव मल्ल र चेतबहादुर डाँगी तथा सहसचिवमा गणेश विक र केयरसिंह गाहा सर्वसम्मत चयन भएका छन् । राप्ती गाउँपालिकाको सभापतिमा विद्याशरण चौधरी, उपसभापतिमा श्यामा रावत, प्रशान्त भुसाल, सचिवमा तिर्थराज ज्ञवाली र चैनकुमारी चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro