site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाङका चर्चित कांग्रेस नेताहरू जसले क्षेत्रीय प्रतिनिधिमै हार बेहोरे
Sarbottam CementSarbottam Cement

दाङ । “दुई जना हाल कार्यरत शिक्षक र एक जना नेसंविका कर्मचारीसंग अपवित्र गठजोड गरी मेरो राजनीतिक यात्रा रोक्न सफल इकाइ सभापति लालबहादुर गिरीलाई हार्दिक शुभकामना,” नेपाली कांग्रेसका नेता कुमुदकुमार शर्माको स्टाटस हो, यो । 

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी शर्मा पार्टीको १४औं महाधिवेशनका क्रममा वडाबाट क्षेत्रीय प्रतिनिधिका एकजना उम्मेदवार थिए । नेतृत्व चुन्न निर्वाचन भयो ।

दुई दशकभन्दा बढी समयदेखि निरन्तर क्षेत्रीय प्रतिनिधि चुनिँदै आएका कांग्रेसका पूर्व जिल्ला सचिव शर्मा यसपटक क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुन सकेनन् । पराजय भोगेपछि उनले लेखेको स्ट्याटसले राजनीतिक वृत्तमा निकै चर्चा पायो ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस जिल्ला कार्यसमिति सदस्य गोविन्द रेग्मी यसैपाली लमही नगरपालिका वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजित भए । योगदानका हिसाबले उनी यो महाधिवेशनमा निर्वाचित हुनु पर्थ्याे । उमेरका हिसाबले पनि रेग्मी राजनीतिक रिटायर्ड लाइफको अवस्थामा छैनन् । तर, उनले हार बेहोर्नु पर्‍यो ।

महाधिवेशन प्रतिनिधि तथा यसअघिका पूर्व क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालीसकेका मदन रसिक पनि क्षेत्रीय प्रतिनिधिमा आउन सकेनन् । शान्तिनगर गाउँपालिका वडा नं. ४ बाट उनी उम्मेदवार बनेका थिए । 

Global Ime bank

जनआन्दोलन २०६२/०६३ का जिउँदो सहिदका रूपमा चिनिने कृष्ण गिरीपनि निर्वाचित हुन सकेनन् । शान्तिपूर्ण जनआन्दोलनका क्रममा उनलाई तत्कालीन शाही सेनाले घोराहीको सहिद चोक नजिकै गोली हानेको थियो । त्यसैकारण आज उनी ह्विल चियरमा छन् ।

कांग्रेस महासमिति सदस्य टेकबहादुर डाँगी घोराही उपमहानगरपालिका वडा नं. ११ मा पराजित भए । घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नाका क्रियाशिल सदस्यहरूले गिरीको योगदानमा अहिलेका लागि पूर्णबिराम लगाइदिए । गिरी कांग्रेस दाङको पूर्व जिल्ला सदस्य पनि हुन् ।

घोराही उपमहानगरपालिका वडा नं. ५ मै दलित नेता खड्कबहादुर विश्वकर्माले पराजय बेहोर्नुप¥यो । नेपाल दलित संघका केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका नेता विश्वकर्मालाई उनको कर्मथलो धर्नाका क्रियाशिल सदस्यहरूले विश्वासको मत दिएनन् ।

धर्नाकै महिला नेतृ लोका बिक पनि पराजित भइन । जो जिल्ला समन्वय समिति दाङकी सदस्य पनि हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा कांग्रेसका पूर्व महासमिति सदस्यसमेत रहेका तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतपनि पराजित भए । सुरुमा गणना गर्दा धुर्ब आचार्यसँग बराबर मत थियो । गोलापर्थाबाट नेतृत्व चयन गर्ने कुरा चल्दा कुरा मिलेन । फेरि मत गणना गर्दा आचार्यको २२० र बस्नेतको २१९ मत मात्रै पुग्यो । बस्नेत एक मतले हार बेहोर्न विवश भए ।

नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीप्रसाद शर्मा लमही नगरपालिका वडा नं. १ बाट पराजित भए ।

माथि उल्लेखित नेताहरू केही प्रतिनिधि पात्र मात्रै हुन् । अन्य धेरै स्थापित र पुराना नेताहरू वडाबाटै पछारिएका छन् । 

यद्यपि तुलसीपुर ५ बाट चुनाव लडेका कांग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व सांसद गेहेन्द्र गिरीले भने क्षेत्रीय प्रतिनिधिमा बाजी मारेका छन् । निर्वाचनका परिणामहरूलाई लिएर कांग्रेसभित्रै ‘टिके पर्था’ समाप्त भएको तथा लोकतान्त्रिक अभ्यासको थालनी वडाबाटै सुरु भएको तर्क गर्नेहरू पनि धेरै छन् । तर, अहिलेको अभ्यासमा पनि केही विकृति र विसंगतिहरू देखिएको कांग्रेस अगुवा नेताहरूको तर्क छ ।

क्रियाशील सदस्यता वितरणदेखि नै व्यक्ति हाबी हुने प्रवृत्तिका कारण स्थापित र पार्टीमा लामो समयदेखि योगदान गरेका नेताहरूसमेत गुमाउनुपरेको एक जना जिल्ला नेताले बताए ।

“यो कांग्रेसको संस्थापन र इतर पक्षको लडाइका कारण भएको होइन । व्यक्तिवादी राजनीति हाबी हुँदा आउनुपर्ने केही नेताहरू हार बेहोर्न बाध्य भए,” नेता सुरेन्द्र खड्काले भने ।

अर्का नेता यज्ञनारायण आचार्यले पनि विकृत राजनीति र अन्तरद्वन्द्वको परिणाम देखिएको बताए । पार्टीमा क्रियाशील सदस्यता नै अन्धाधुन्ध तरिकाले वितरण गरिनुले पनि परिणाम सोचेभन्दा फरक आएको आचार्यले बताए ।

अहिलेको परिणामले आउने आम निर्वाचनलाईसमेत प्रत्यक्ष प्रभाव पार्नसक्ने खतरा औँल्याउँदै अचार्यले नेतृत्व वर्ग विशेष गम्भीर बन्न जरुरी रहेको बताए ।

कांग्रेस केन्द्रीय समितिले जिल्ला कार्यसमितिलाई क्रियाशील सदस्यता वितरणमा संलग्न नगराउने व्यवस्था गरेका कारणपनि क्षेत्रीय सभापति र स्थानीय तहका इकाइ सभापतिको मनोमानीमा सदस्यता वितरण गर्नुको परिणाम आएको उनको तर्क छ । 

अब क्रियाशील सदस्यता वितरण प्रक्रियालाई पारदर्शी र न्यायसम्मत बनाउन आवश्यक रहेको आचार्यको भनाइ छ ।

कांग्रेसको संशोधित विधानले महाधिवेशनमा स्थानीय पालिकादेखि प्रदेश र केन्द्रीय महाधिवेशनमा सहभागिताका लागि कांग्रेस केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभा तथा संविधानसभाका निर्वाचित, पराजित तथा बन्द सूचीका नेताहरू, क्षेत्रीय सभापतिहरू र जिल्ला सभापतिलाई पार्टीको कुनैपनि माथिल्लो तहमा पुग्नका लागि तल्लो बुथबाट निर्वाचित हुनु नपर्ने व्यवस्था गरेको छ ।

त्यही भएर केन्द्रीय सदस्यहरू दीपक गिरी, पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, शिला खड्का, आमन्त्रित केन्द्रीय सदस्य कृष्ण किशोर गिरी, जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, सांसदहरू तथा त्यसका प्रत्यासी शुशिला चौधरी, जानकीलाल बस्नेत, प्रदीप थापा, अर्जुन कुमार श्रेष्ठ, भरत न्यौपाने, अनिता देवकोटा, राजु खनाल, विमला नेपाली, बुद्धिराम भण्डारी, शंकर गिरी, केशव आचार्य, डिल्लीबहादुर चौधरी, महादेव शाह (बन्द सूची) क्षेत्रीय सभापतिहरू भेषराज पाण्डे, भुपबहादुर डाँगी र जगतबहादुर खड्काले यो महाधिवेशनमा तल्लो तहबाट चुनाबमा भिड्नु परेन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय