site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति थापा बिदामा, शर्माले सम्हाल्दैछन् जिम्मेवारी
SkywellSkywell

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले अर्को महिना अवकाश पाउँदैछन् । उनी आजैदेखि एक महिना बिदामा बस्दैछन् ।

तीनवर्षे कार्यकाल पूरा गरेर उनी आजबाट बिदामा बस्न लागेका हुन् । नेपाली सेनामा अवकाश पाउनुअघि एक महिना बिदामा बस्ने चलन छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी छन् । क्षमता र दक्षताको आधारमा ‘चेन अफ कमान्ड’अनुसार प्रधानसेनापति नियुक्त गर्ने परम्परा छ । रथी शर्मा ब्राह्मण समुदायबाट प्रधानसेनापति हुने पहिलो व्यक्ति हुनेछन् ।

Dabur Nepal
NIC Asia

यसअघि, पृथ्वीनारायण शाहको पालामा महेश्वर पन्त र श्रीहर्ष पन्त सेनापतिसम्म भएको इतिहासविद् प्रा. दिनेशराज पन्त बताउँछन् । “धेरैले राणाकालीन समयमा भीमसेन थापाको पतनपछि पण्डित रंगनाथ पौडेल सेनापति भएको ठान्छन् । तर, इतिहासमा उल्लेख भएअनुसार उनी मुख्तियारी पद अर्थात् अहिलेको भनाइमा प्रधानमन्त्री थिए,” प्रा. पन्तले भने ।

को हुन् बलाधिकृत रथी शर्मा ?

वि.सं. २०२० पुस २१ गते काठमाडौंमा जन्मिएका शर्मा ०३७ सालदेखि नेपाली सेनामा कार्यरत छन् । भावी प्रधानसेनापति शर्माले स्वदेशका सबै व्यावसायिक तालिमहरु सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले भारतबाट राष्ट्रिय प्रतिरक्षा, अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा र बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम तथा सेमिनारहरु पनि पूरा गरेका छन् । शर्माले सेनाको अपरेसनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशकको भूमिका निर्वाह गरिसकेका छन् ।

विगत एक वर्षदेखि बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीहरुको बारेमा पूर्ण रूपमा जानकार रहेको बताइन्छ । सोही कारण नेपालको राष्ट्रिय सुरक्षामा उनको उल्लेखनीय योगदान हुने सेनाका एक अधिकारीले बताए ।

करिब चार दशक लामो सैनिक सेवाका दौरान रथी शर्माले गुल्म, गण, बाहिनी, पृतनासहित जंगी अड्डास्थित सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक, सहबलाध्यक्ष, युद्धकार्य महानिर्देशक, सम्भाररथी, बलाध्यक्ष र बलाधिकृतको जिम्मेवारीहरु सम्पन्न गरेका छन् । हरेक जिम्मेवारीको नजिकबाट अनुभव र ज्ञान रहेकोले उनको कार्यकालभर व्यावसायिक अभिभावकत्त्व प्रदान हुने संगठनभित्र विश्वास रहेको ती अधिकारी बताउँछन् ।

रथी शर्माले संयुक्त राष्ट्रसंघको शान्ति मिसनको दौरान पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमान्ड सम्हालेका थिए । तीन वर्षसम्म बंगलादेशमा सैनिक सहचारीको कार्यभार सम्हालिसकेका कारण उनको कार्यकालमा सेनाको सैनिक कूटनीतिमा उल्लेखनीय परिणाम आउने अपेक्षा गरिएको छ ।

रथी शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन् ।

सरल स्वभाव, स्पष्ट अभिव्यक्ति र ठोस निर्णय गर्ने क्षमताका लागि उनी परिचित छन् । कोभिड–१९ का कारण प्रभावित तालिमहरु सञ्चालन गरी सेनाको अपरेसनल क्षमतालाई अभिवृद्धि गर्नु उनको मुख्य प्राथमिकता रहेको छ । यस्तै, तीन जोड एक अवधारणाअनुसारको सेनाको पुनःसंरचनालाई व्यवस्थित ढंगले कार्यान्वयनमा ल्याउनुलगायत शर्माका प्राथमिकतामा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro