site stats
बाह्रखरी :: Baahrakhari
देश
स्कुटरलाई ट्रकको ठक्कर, एकजनाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।

चितवन । चितवनको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा आज एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

दुर्घटनामा स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ की विणु दवाडीको मृत्यु भएको हो । सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३, पुल्चोकमा गैँडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना५९प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा दिउँसो करिब सवा २ बजे मृत्यु भएको हो । चालक न्यौपानेको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्