site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुजिताको मोबाइल भेटियो, प्रहरी भन्छ – चप्पल खोज्दै छौँ 

चितवन । मृत फेला परेकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थाननजिकै मोबाइल भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले मंगलबार (आज) दिउँसो पौने २ बजेतिर मोबाइल भेटिएको जानकारी दिए । “मोबाइल त भेटियो, अब चप्पल खोज्दै छौँ,” उनले भने ।

उनका अनुसार सुजिताले प्रयोग गरेका सामान भेटिएपछि अनुसन्धानमा सहज हुनेछ । ‘विषको बोतल, पैसा, मोबाइल, झोला, भेटियो,” उनले भने, “अब चप्पल भेटियो भने मुख्य घटनास्थल यही ठाउँ भन्ने अनुमान गर्न सकिन्छ ।’

‘कल डिटेल रेर्कड’बाट पनि घटनाको अनुसन्धान भइरहेको छ । शव फेला परेको स्थानभन्दा करिब २० मिटर पर मोबाइल फेलापरेको हो । मोबाइलमा मेमोरी कार्ड भेटिएको तर सिमकार्ड भने नरहेको प्रहरीले जनाएको छ ।

सुजिता बेपत्ता भएको १० दिनपछि गएको आइतबार सडेको अवस्थामा स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा उनको शव भेटिएको थियो । शव परीक्षणको लागि सोमबार राति काठमाडौं पठाइएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चितवनका प्रहरी अधिकारीहरु लागिपरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro