site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुरमा उच्च प्रविधिको ल्याब नभएपछि सुजिताको शव परीक्षण काठमाडौंमा हुने

चितवन । सुजिता भण्डारीको शवको परीक्षण काठमाडौंमा गरिने भएको छ । असार ११ गतेदेखि बेपत्ता राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता आइतबार स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको शव सडेको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सविताको शवलाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिने बताए । सडेको शव परीक्षणका लागि भरतपुरमा उच्च प्रविधिको ल्याब नभएकाले सविताको शव काठमाडौं पठाउन लागिएको अधिकारीको भनाइ छ । 

“सडेगलेको शवबाट यहांँ प्रमाण जुटाउन गाह्रो हुन्छ,” उनले भने, “त्यहांँ शव  परीक्षण सम्बन्धी विशेषज्ञ पनि हुनुहुन्छ ।’ 

स्थानीयले सुजिताको हत्या भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए । जसका कारण सोमबार दिनभर राप्ती नगरपालिका अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग तनाबग्रस्त बन्यो । उनीहरूले राजमार्ग नै अवरुद्ध पारेका थिए ।

तर, सोमबार साँझ प्रशासन, स्थानीय सरकार र आफन्तबीच भएको छलफलमा सहमति जुटेपछि सुजिताको शव परीक्षणका लागि काठमाडौं लगिने भएको छ । सहमतिपछि राजमार्ग सञ्चालनमा आएको छ ।

अधिकारीका अनुसार दोषीलाई कारबाहीको दायरामा ल्याउने तथा घटनाको सत्यतथ्य यथाशीघ्र पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेपछि आफन्तले मृतकको शव उठाउन दिएका हुन् । 

उनले शव परीक्षणको रिपोर्टका आधारमा चितवन प्रहरीले विस्तृतमा अनुसन्धान गर्ने बताए । “हामीले अनुसन्धान सुरु गरेका छौँ । घटनास्थललाई केन्द्र बनाएर अनुसन्धानको दायरा फराकिलो हुंँदैछ । छिट्टै नै दोषी पत्ता लाग्ला,” उनले भने । 

प्रहरीले घटनाको बारेमा सुक्ष्म अनुसन्धान गरिरहेको भन्दै उनले अहिले नै हत्या भएको हो वा होइन भन्न नसकिने बताए ।

घटना भएको ११ दिनसम्म पनि प्रहरीले कुनै चासो नदेखाएको भन्दै स्थानीयले दिनभर राजमार्ग ठप्प पारेका थिए ।

यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएको परिवारले जनाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २१, २०७८  २२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro