site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
हिमाली पर्यावरणले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्छ : प्रधानसेनापति थापा
फाइल तस्बिर
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौँ । हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू विषयक दुई दिने वेबिनारको भर्चुअलमाध्यममा आजबाट सुरु भएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित कार्यक्रमलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । उनका अनुसार हिमाली पर्यावरण, पर्यटन तथा यसका विविध पक्षहरूले राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने हुँदा यस क्षेत्रको सुरक्षा र व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच आपसी समन्वय र सहकार्यको टड्कारो आवश्यकता देखिएको छ । "यस क्षेत्रको वातावरणीय महत्व हाम्रा लागि मात्र नभई समग्र विश्वका लागि पनि अत्यन्तै विशेष रहेको छ," उनले भने । 

राष्ट्रिय सुरक्षा नीति, २०७५ को एकीकृत कार्ययोजना कार्यान्वयन सन्दर्भमा राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको नेपालको हिमाली पर्यावरण, पर्वतारोहण सम्बन्धी सुरक्षा, पर्यटकीय क्षेत्रमा हुने गतिविधिहरूमाथि नियमन तथा राष्ट्रिय निकुञ्‍ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणहरूको प्रयोग जस्ता विषयहरू उक्त वेबिनारमा छलफल गर्ने कार्यक्रम रहेको जंगी अड्डाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । वेबिनार साेमबार सकिँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  २२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro