site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनैतिकता र स्वेच्छाचारिताका पर्याय प्रधानमन्त्री ओली

काठमाडौं । नेपालीमा एउटा भनाइ छ– अति गर्नु अतिसार नगर्नु । नेपाली राजनीतिमा अहिले अतिमात्र होइन अतिसार भइसकेको छ । तर राष्ट्रपति, प्रधानमन्त्री र शासकका नजिक बसेर ‘ढाडिएका जुका’हरू अझै जनताको नजरमा हामी खसिसकेका छौं भनेर मान्न तयार छैनन् ।

२०७२ सालमा कृषि मन्त्री थिए हरि पराजुली जसलाई धान रोपाईं उत्सव मनाउन जाँदा एक महिलाविरुद्ध गलत क्रियाकलाप गरेको आरोप लाग्यो । नैतिकताको आधारमा उनले राजीनामा दिए । 

अर्का मन्त्री थिए शेरबहादुर तामाङ जसले बंगलादेशमा अध्ययन गर्न जाने महिला विद्यार्थीका विषयमा गलत टिप्पणी गरे र तिनले पनि नैतिकताको आधारमा राजीनामा दिए । 

यस्ता कैयौँ उदाहरण छन् जहाँ नैतिकताको प्रश्नमा एउटा सानो दाग लाग्यो भने पदासिन व्यक्तिले राजीनामा दिएर नैतिक जिम्मेवारी स्वीकार गर्छन् । 

तर, न्यायालयले बारम्बार गल्ती भयो भनेर एकपछि अर्को निर्णय दिँदै गर्दा पनि अलिकति पनि नैतिक जिम्मेवारी नलिने र न्यायालयलाई कसरी छल्ने भन्ने एकसुत्रीय षडयन्त्र बोकेर हिँड्ने प्रधानमन्त्री र राष्ट्रपतिको जोडीले नैतिकताको गरिमालाई नै समाप्त पार्न लागेको छ । 

प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro