site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि करिब ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको बजेट नगरसभामा प्रस्तुत गरेको छ । 

बिहीबार भरतपुर महानगरपालिकाको नगर सभाको नवौँ अधिवेशनमा उपप्रमुख पार्वती शाह ठकुरीले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयांँको बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् ।

बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड रुपैयाँ (घरजग्गा रजिस्ट्रेसन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत), अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, बैंक मौज्दात रु १ अर्ब, मर्मत सम्भार कोष बाट रु ३ करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रुपैयांँ आय हुने अनुमान गरिएको छ ।

अन्तरसरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मुल सञ्चित कोषमा प्राप्त नहुने भएकाले अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको व्यवस्था गरिने प्रस्तुत बजेटमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro