site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
मणिपालले लिजमा लिएको जग्गामा मुख्यमन्त्रीको ‘आँखा’
SkywellSkywell

जनकपुरधाम । गत वर्षको मंसिर १६ गते जनकपुरधाममा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मणिपाल शिक्षण अस्पतालको जग्गा अधिग्रहण गर्ने अभिव्यक्ति दिए । मणिपालले ओगटेको जग्गामा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने उनको भनाइ थियो ।

त्यसका लागि छिट्टै सरोकारवाला निकायसँग छलफल गरी प्रक्रिया अगाडि बढाउने उनले बताएका थिए । मुख्यमन्त्रीको अभिव्यक्तिपछि समारोहमा गडगडाहट ताली बजेको थियो । 

तर, मुख्यमन्त्री राउतले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको साढे सात महिना बितिसक्दा समेत जग्गा अधिग्रहरण गरेर प्रतिष्ठान बनाउन कुनै प्रक्रिया अगाडि बढेको छैन । योबीचमा प्रादेशिक अस्पतालमा सञ्चालनमा आएर प्रतिष्ठानले चार विधामा अनुमति पाइसकेको छ ।

KFC Island Ad
NIC Asia

मुख्यमन्त्री राउतले फेरि गएको बिहीबार मणिपालमै सञ्चालनमा ल्याइएको कोभिड विशेष अस्पताल उद्घाटन कार्यक्रममा आफ्नो पुरानो अभिव्यक्ति दोहो¥याए ।

“यो अस्पतालसहित गुठी संस्थानसँग मणिपालले लिजमा लिएको १७ बिघा जग्गा प्रदेश सरकारकै अधीनमा रहन्छ । मणिपाल शिक्षण अस्पतालको सम्झौता खारेज हुन्छ,” उनले भने, “गुठी संस्थानको नयाँ ऐनमा स्पष्ट रूपमा लेखिएको छ, गुठीको जग्गामा प्रदेश सरकारको समन्वयमा मात्रै लिजमा लगाउन सकिन्छ ।” उनले अब उक्त जग्गाको रेखदेखको जिम्मेवारी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको हुने बताए ।

यता, गुठी संस्थान जनकपुरधामका प्रमुख वैकुण्ठ रेग्मी भने अहिलेसम्म प्रदेश सरकारको तर्फबाट कुनै पत्र नआएको र छलफलको लागि बैठक पनि नबोलाइएको बताउँछन् ।

मेडिकल हबको सपना अधुरै
मेडिकल शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउन अढाई दशकअगाडि जनकपुरधाममा बहस सुरु भएको थियो । जनकपुरधाम उपमहानगरपालिका–१३, मुजेलियास्थित भारतीय प्रतिष्ठित शैक्षिक संस्था मणिपाल टेक्निकल इन्स्टिच्युटले शिक्षण अस्पताल खोल्ने इच्छा देखायो । गुठी संस्थान जनकपुरसँग मणिपालले १७ बिघा जग्गा लिजमा लियो ।

नेपाल सरकारसँग अनुमति लिएर निर्माण सुरु गरियो । त्यति बेला स्थानीय बासिन्दा निकै खुसी भएका थिए । तर, अढाई दशक बितिसक्दा समेत निर्माणाधीन शिक्षण अस्पतालले अझै पूर्णता पाएको छैन । मुजेलियास्थित मणिपालको जग्गामा उक्त संस्थाले नै राखेका चार सुरक्षाकर्मीबाहेक कोही छैन ।

मणिपाल शिक्षण अस्पताल पोखराका एचआर प्रमुख भानु भारद्वाज कानुनी प्रक्रियाअनुसार लिजमा लिएको जग्गा अधिग्रहण गर्ने कुरा अस्वाभाविक भएको बताउँछन् । गुठीसँगको सम्झौता रद्द भएपछि प्रदेश सरकारले लिने÷नलिने कुरा अगाडि बढ्ने भन्दै उनले थप प्रतिक्रिया दिन मानेनन् ।

के छ सम्झौतामा ? 
गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले मणिपालसँग ४९ वर्षका लागि १७ बिघा जग्गा लिजमा प्रयोग गर्नेसम्बन्धी सम्झौता भएको बताए । पहिलो वर्ष सात लाख रुपैयाँ र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि हुने गरी सम्झौता भएको उनले जानकारी दिए ।  मणिपालले समयमा कुत नतिरेकोले दुईपटक पत्राचार गरिएको उनको भनाइ छ ।

उनका अनुसार मणिपाल समूहले निर्माणकार्य अघि नबढाउँदा गुठी संस्थानले सम्झौता रद्द गर्ने तयारी समेत गरेको थियो । गुठी संस्थान जनकपुरले ०७१ वैशाख १९ गते सम्झौता रद्द गर्न पत्र पठाए पनि कार्यान्वयनमा आउन सकेको छैन । सम्झौतापत्रानुसार काम नगरे र समयमा भाडा नबुझाएको खण्डमा सम्झौता रद्द गर्ने भनिएको छ ।

किन अलपत्र छ आयोजना ?
मणिपाल समूहले जग्गा लिजमा लिई निर्माणकार्य थाले पनि पूरा गर्न नसक्नुको कारणबारे कुन जानकारी दिएको छैन । तर, कतिपयले माओवादी द्वन्द्वको बेला चन्दा समस्या र तत्कालीन स्वास्थ्यमन्त्री डा. रामवरण यादवले इच्छा नदेखाएकै कारण शिक्षण अस्पताल बन्न नसकेको तर्क गर्दै आएका छन् ।

अर्कोतर्फ, अस्पताल निर्माण भए आफ्नो व्यवसाय धरापमा पर्न सक्ने भन्दै जनकपुरका केही चिकित्सकले आन्तरिक रूपमा अवरोध गरेको कतिपयको टिप्पणी छ । यद्यपि, यसको आधिकारिक पुष्टि सम्बन्धित पक्षले गर्न सकेको छैन ।

२५० शय्याको शिक्षण अस्पतालको शिलान्यास तत्कालीन स्वास्थ्यमन्त्री तथा पूर्वराष्ट्रपति डा. यादवले गरेका थिए । 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro