site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ : विपक्षी दलले अवरुद्ध गरेपछि प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

जनकपुरधाम । प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध गरेको प्रदेश सभा बैठक बुधबार सम्मका लागि स्थगित भएको छ । तीन प्रतिपक्षी दलका सांसदहरूले सशर्त अनुदानको रकम स्थानीय तहमा प्रदेश सरकारले आफूखुसी पठाएको भन्दै अवरुद्ध गरेका थिए । 

सभामुख सरोज यादवले सांसदहरूको धारणा सुनेपछि सरकारको ध्यानकर्षण गराउने भन्दै सदन चल्न दिन आग्रह गरेका थिए । तर प्रतिपक्षी सांसदहरूले नमानेपछि सभामुख यादवले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए । 

तर, संसद् चल्न दिने विषयमा सहमति नभएपछि बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थागित गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । 

उनकाअनुसार बुधबार ११ बजेदिख सबै दलका संसदीय दलका नेतासँग छलफल हुनेछ । छलफलमा भएको सहमतिअनुसार पुनः १ बजेदेखि बैठक सुचारु हुनेछ । 

चालु आर्थिक वर्षको सशर्त अनुदानको रकम २ का एक सय ३६ पालिकालाई गएको आइतबार प्रदेश सरकारले वित्तीय ऐनअनुसार पठाएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले जानकारी दिए ।

प्रदेश सरकार र सांसदको विवादका कारण १ अर्ब १२ करोड १० लाख रकम फ्रिज हुने सम्भावना बढेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले महानगरपालिकालाई एक करोड, उपमहानगरपालिकालाई एक करोड ५० लाख, नगरपालिका र गाउँपालिकालाई ८०÷८० लाख ससर्त बजेट उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro