site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘पपुलिष्ट’ बजेट : अर्थविद्
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट ‘पपुलिष्ट’ रहेको अर्थविद्हरुले प्रतिक्रिया दिएका छन् ।

डा. शंकर शर्माले बजेट ‘पपुलिष्ट’ भएको बताए । सामाजिक सुरक्षा भत्तादेखि कर्मचारीको तलब वृद्धिसम्मले निर्वाचनलाई प्रभावित पार्ने गरी बजेट ल्याइएको उनले बताए । “खासगरी वृद्धभत्ता, कर्मचारीको तलब वृद्धिका कारणले निर्वाचनलाई प्रभावित पार्छ,” उनले भने ।

बजेट बढी ऋण लिएर बनाइएको उनले बताए । “बजेट महत्वाकांक्षी छ । यो बजेट पपुलिष्ट त हुँदै हो । यसपटक १२ खर्बभन्दा बढी खर्च हुँदैन । कोभिडको असर कतिसम्म जान्छ, थाहा छैन । तर, साढे १६ खर्बको बजेट भनेको निकै ठूलो हो । त्यसमा पनि एकतिहाइ त ऋण नै छ । बढी ऋण लिएर नै बजेट बनाएको देखिन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बजेटले प्रभावकारी पुनरुत्थानका कार्यक्रम ल्याउन नसकेको बताए । “खासगरी पुनरुत्थानका कार्यक्रम उद्योग, पर्यटनमा कमजोर देखिन्छ । बजेटमा रणनीति आएको छैन,” उनले भने ।

उनले साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विषय कोभिड–१९ को नियन्त्रणमा निर्भर रहेको बताए । “तत्काल कोभिड–१९ नियन्त्रण भयो भने यसपटक मनसुन राम्रो भएकाले ६.५ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने सम्भावना रहन्छ । तर, भन्न सकिँदैन,” उनले भने ।

Global Ime bank

यस्तै, अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले बजेट धेरैको मन राख्ने खालको मात्रै रहेको र सम्पूर्ण रुपमा चुनावलक्षित गरी ल्याइएको बताए । “यो बजेट कार्यान्वयन गर्न सक्ने अवस्थामा जान नसक्ने छनक बजेटले देखाएको छ,” उनले भने ।

‘पुँजीगत खर्च नै संकुचन गर्ने गरी ल्याएको बजेटबाट कत्तिको आशा पलाउन सक्छ ?,” उनले भने । उनले चुनावलाई लक्षित गरी ल्याएका बजेट भएको बताए । “बजेटमा राखिएका कार्यक्रमले यो बजेट चुनावलक्षित बजेट हो भन्ने कुरामा द्विविधा रहेन,” उनले भने ।

उनले अहिले नै ४ प्रतिशत पनि आर्थिक वृद्धि हासिल गर्न कठिन छ भनेर सरकारले नै भनिरहेको अवस्थामा ६.५ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए । “चुनावमा गएछन् भने पनि कसले काम गर्ने ? कर्मचारीको तलब बढ्छ भनेर आशा, अपेक्षा देखाइदिएका थिए, दुई हजार मात्रै बढाइयो । त्यो हुनाले आर्थिक वृद्धि हासिल गर्न कठिन छ ।”

बजेटमा यसो गर्छु र उसो गर्छु भन्ने कुराहरु आएको भन्दै खासगरी प्रदेश र स्थानीय तहसँगको सिन्क्रोनाइजेसन गर्ने खालको पनि नभएको उनले बताए ।

अर्थविद् डा. दिनेशचन्द्र देवकोटाले बजेट कार्यान्वयन पक्षलाई व्यवस्थित गर्न सकियो भने बजेट धेरै विषयमा राम्रो आएको बताए । तर, बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले बताए ।

“कोडिभका कारणले राजस्व उठ्न सक्ने/नसक्ने अनिश्चित रहेको, पुँजीगत खर्च गर्न सकिन्छ/सकिँदैन भन्ने र अहिलेको अस्थिर राजनीति स्थिर हुन्छ वा हुँदैन भन्ने चुनौती छ । यी क्षेत्र राम्रो बन्दै गएको अवस्थामा बजेटलाई सकारात्मक भन्न मिल्छ,” उनले भने । उनले सांसद विकास कोष खारेजी गर्नु सकारात्मक पक्ष रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement