site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जेठभित्र आउला तामाकोसीको बिजुली ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमार्गमा पुनः पानी हालिएको छ ।

आयोजनाको पेनस्टक पाइपमा रहेको ‘म्यानहोल’को मर्मतपछि सोमबार बिहानदेखि पानी हाल्न सुरु गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । आइतबार मर्मतको काम सकिएपछि पानी हाल्न सुरु गरिएको हो ।

आयोजनाको सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुको परीक्षण चलिरहँदा पेनस्टक पाइपमा बनाइएको ‘म्यानहोल’बाट पानी चुहिएपछि परीक्षण रोकेर मर्मत गरिएको थियो । पेनस्टक पाइपको पूर्वनिर्धारित मोडल बजारमा नभेटिएपछि डिजाइन नै परिवर्तन गरेर अर्को पेनस्टक पाइपको अर्डर गरिएको थियो । पानीको परीक्षण गर्न एक साता लाग्ने श्रेष्ठले बताए । “केही समस्या आएन भने हप्ता दिनमा परीक्षण गर्ने काम सकिन्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पानी नचुहिएको खण्डमा त्यसपछि मेसिन घुमाउने कामको परीक्षण गरिने उनले बताए । सुरुङमार्गमा पानी भरिँदा लिकेज नभए सुरुङको पानी टर्बाइनमा खसालेर मेसिन घुमाउने अर्थात् परीक्षण उत्पादन सुरु गरिने आयोजनाले जनाएको छ ।

उत्पादन मिति सरेको सर्‍यै
आयोजनाले लक्ष्यानुसार विद्युत् उत्पादन सुरु गर्न सकेको छैन । यो समयसम्म विद्युत् उत्पादन भइसक्नुपर्ने थियो । ०६८ सालमा निर्माण सुरु भएको यो आयोजना सुरुमा ०७२ सालमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उत्पादनको मिति सर्दैसर्दै ०७८ जेठसम्म आइपुगेको छ ।

Global Ime bank

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सबै काम ‘स्मुथली’गएको अवस्थामा जेठसम्ममा पहिलो युनिट सञ्चालनमा आउने बताउँछन् । “अहिले हामीले परीक्षण मात्रै गरेका हौँ । अहिले गरेको परीक्षणको काम हो । परक्षण गर्दा सबै ठिक भएमा जेठसम्ममा उत्पादन सुरु हुन्छ,” उनले भने ।

आयोजनाले गत फागुन ४ गते बाइफरकेसन र डिष्ट्रिब्युसन पाइपको सफल परीक्षण गरेको थियो भने सुरुङमार्गमा पानी हाल्ने कामको शुभारम्भ गत वैशाख १६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गरेका थिए ।

आयोजनाले पछिल्लोपटक वैशाखमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । यसअघि, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वैशाखमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने बताएका थिए । तर, विभिन्न कारण र पेनस्टक पाइपबाट पानी चुहिएपछि उत्पादनको मिति जेठ भनिएको छ । जेठसम्म पनि आयोजनाले विद्युत् उत्पादन गर्ने निर्क्योल भने छैन ।

आयोजनाले वैशाखमा पहिलो युनिट सञ्चालनमा ल्याएर असारसम्म सबै युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो । आयोजनामा ६ वटा युनिट छन् । श्रेष्ठका अनुसार एउटा युनिट सञचालनमा आएपछि अर्को युनिट सञ्चालनमा ल्याउन करिब एक महिना लाग्छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अनुमानित लागत ५२ अर्ब रुपैयाँ पुगेको छ । यो ब्याजबाहेकको हो । उत्पादन सुरु गर्दाको समयसम्म ब्याज मात्रै करिब ३० अर्ब रुपैयाँ पुग्ने आयोजनाको अनुमान छ । आयोजना ढिलाइका कारण ब्याजसहित ८२ अर्ब रुपैयाँ लागत पर्ने देखिन्छ ।

यो आयोजनाबाट उत्पादित विद्युत्का लागि प्रसारणलाइन पनि आयोजनाको ‘कन्ट्रोल’भित्रै रहेको श्रेष्ठले बताएका छन् । आयोजनाबाट उत्पादित बिजुली खिम्ती हुँदै ढल्केवर प्रसारणलाइनसँग जोडिने उनले बताए । श्रेष्ठका अनुसार आयोजनाले वार्षिक ९ अर्ब बढी रुपैयाँ राजस्व संकलन गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement