site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सञ्चार मन्त्रालय भन्छ– विना सेन्सर राधे प्रदर्शन गर्नेलाई कारबाही गर्छौं 

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र राधेलाई सरकारले कारबाही गर्ने भएको छ । बिना सेन्सर चलचित्र रिलिज गरिएपछि कारबाही गर्न लागिएको हो । 

चलचित्र सेन्सरबोर्डबाट सेन्सर गराएर मात्रै प्रदर्शन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, राधे आजबाट डिजिटल प्लेटर्फमा सेन्सर नगराइ रिलिज गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गैरकानुनी काम गर्ने कसैलाई पनि छुट हुँदैन, कारबाही हुन्छ,” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेल बाह्रखरीसँग भन्छन्, “कोभिडका कारण हामीलाई सूचना भएन होला । विना सेन्सर चलचित्र रिलिज गर्न पाइँदैन । सेन्सर नगराई रिलिज गर्नेलाई मन्त्रालयले तत्काल कारबाही गर्छ । भोलिबाट नै कारबाहीको प्रक्रिया सुरु हुन्छ ।”

चलचित्र विकास बोर्डका सदस्य अर्जुनकुमार विना सेन्सर चलचित्र रिलिज गर्न नपाइने भन्दै गैरकानुनी काम गर्नेलाई कारबाही हुनुपर्ने बताउँछन् । “हामीले मन्त्रालयमा खबर गरिसकेका छौं । कानुनी प्रावधान लत्याएर चलचित्र सेन्सर नगराई रिलिज गरिएको छ । सरकारको नियम कानुन उल्लङ्घन गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ,” अर्जुन कुरमार भन्छन्, “अहिले सेन्सर बिना राधे चलाउनेहरु नेपाली चलचित्र लगाउनुपर्यो भने सेयरमा बार्गिनिङ गर्छन् । नेपाली चलचित्रको विकासका लागि थोरै पनि सोच्न नसक्नेहरु सधैं हिन्दी चलचित्रलाई नै प्रश्रय दिन्छन् । सरकारी नीति नियमभित्र नबस्ने जोसुकै होस् कारबाही हुनुपर्छ ।”

केवल नेटवर्क टेलिभिजन भएकाले बोर्डले कारबाही गर्न सक्दैन । त्यसैले बोर्डले मन्त्रालयलाई आग्रह गरेको हो । 

आजबाट चलचित्र राधे डिजिटल प्लेटर्फममा रिलिज गरिएको थियो । यो चलचित्रलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको ए एठ् कम्पनीले नेपाल भित्र्याएको हो । रोधे चलचित्र विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी, सुबिसुलगायतमा रिलिज भइसकेको छ । राधे दर्शकले २९९ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म तिरेर हेर्न सकिन्छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  २०:३३
प्रतिक्रिया दिनुहोस्