काठमाडौं । तपाईं, हाम्रो परिवारमा कुनै पनि व्यक्ति बिरामी भएमा आज अस्पतालमा भर्ना पाइने अवस्था छैन । हरेक दिन जति जना बिरामी निको हुन्छन् वा जतिजनाको मृत्यु हुन्छ त्यति स्थानमा मात्र नयाँ बिरामी लिन सकिने अवस्थामा अस्पतालहरू पुगेका छन् ।
हालैका केही दिनमा हरेक दिन ९ हजार करिब नयाँ बिरामी देखिँदैछन् भने त्यसको आधाभन्दा कम संख्यामा बिरामी निको हुँदैछन् ।
तर, बिरामीलाई अस्पतालमा पुर्याइहाल्न सकिएको खण्डमा पनि बचाउन सकिने अवस्था न्युन हुँदै गएको छ किनभने सबैजसो अस्पतालमा अक्सिजन अत्यन्त कम भएर गएको छ ।
बिरामीका आफन्तलाई यदि अक्सिजनको अभावले मेरो बिरामीको मृत्यु भएमा कसैलाई जवाफदेही बनाउने छैन भनेर सहि छाप गर्नु पर्दछ ।
एकातिर विज्ञहरू अहिलेको अवस्था अझ जटिल हुँदै जान्छ भन्नेमा त्रसित छन् अर्कोतिर सरकार परिवर्तनको खेल चलिरहेको छ । अहिले सरकारले अक्सिजन आपूर्तिमा चाल्न नसकेको सशक्त कदमका कारण धेरै मान्छेले जीवन गुमाउनु परिरहेको छ ।
प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद