site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
स्वास्थ्य मन्त्रालयको चेतावनी– दुई तिहाइ संक्रमितकाे संख्या देखिनै बाँकी छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएको कोभिड–१९ को संक्रमितको संख्या एक तिहाइ मात्रै भएको जनाएको छ । दोस्रो लहरको संक्रमणअन्तर्गत दुई तिहाइ संक्रमितको संख्या अझै देखिने मन्त्रालयले जनाएको छ । 

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा पछिल्लो साता १२७ प्रतिशतले संक्रमण बढेको बताइन् । सबै प्रदेशमा संक्रमण दर द्रुत गतिमा फैलिँदै गएको र निषेधाज्ञाका दिनहरूमा ग्राफ केही मात्रामा ओरालो लागेको मन्त्रालयको तथ्यांक छ । सबै प्रदेशमा संक्रमितको संख्या १०० प्रतिशतभन्दा बढी देखिएको डा. श्रेष्ठले बताइन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ३८४ प्रतिशतले संक्रमितको संख्या बढेको मन्त्रालयको तथ्यांक छ । विश्व स्वास्थय संगठनकाअनुसार संक्रमितको संख्या प्रतिलाखमा १० भन्दा बढी भएमा व्यपाक महामारी भएको मानिन्छ । नेपालका अधिकांस जिल्लामा व्यापक (१० जना प्रतिलाख) र धेरै जिल्लामा अधिक  (६ देखि १० ) रूपमा संक्रमण फैलिएको मन्त्रालयको तथ्यांक छ । 

नेपालमा टेस्ट पोजेटिभिटी दर ३५ प्रतिशत देखिएको छ । भारतमा टेस्ट पोजेटिभिटी १५ भन्दा माथि पुगेपछि प्रान्तीय लकडाउन गरिएको थियो । नेपालमा यही दरमा संक्रमितको संख्या बढ्दै गए दैनिक १५० जनासम्मको मृत्यु हुनसक्ने स्वास्थय तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । संक्रमित नियन्त्रणका लागि सेल्फ क्वारेन्टिनमा बस्न र जनस्वास्थयका मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयले सुझाव दिँदै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय