site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रचण्डसँग किन भेट्न चाहँदैनन् विप्लव ? शक्ति सञ्चयको रणनीतिमै छन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी खुला राजनीतिमा आएसँगै पार्टीका आन्तरिक काममा व्यस्त छ । महासचिवसमेत रहेका विप्लव कपिलवस्तुमा केन्द्रित छन् ।

सरकारले ०७५ फागुन २८ गते विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । गत फागुनमा मात्रै सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । सरकारसँग विभिन्न तीनबुँदे सहमति भएपछि विप्लव सार्वजनिक भएका थिए । त्यसअघि उनी भूमिगत रहँदै आएका थिए ।

सरकारसँगको सहमतिपछि विप्लव फागुन २० गते सार्वजनिक भएका थिए । त्यसपछि विप्लवले प्रधानमन्त्री केपी ओलीलाई पटक–पटक भेटिसकेका छन् । यसक्रममा उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मोहन वैद्य ‘किरण’, पूर्वसभामुख कृष्णबहादुर महरालगायतले भेटिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने भेट गरेका छैनन् । विप्लवले पार्टीले तोकेकाबाहेक अन्य नेताहरुलाई मिडियासँग नबोल्न निर्देशनसमेत दिएका छन् । 

विप्लवले प्रचण्डसँग नभेट्नुलाई माओवादी पार्टीभित्र चासोका साथ हेरिएको छ । विप्लव समूहका एक नेता भन्छन्,“प्रचण्डबाट खबर आयो आएन जानकारी छैन । तर विप्लव कमरेडले प्रचण्डलाई भेट्ने कुरामा रुची देखाउनु भएको छैन ।”

Global Ime bank

विप्लव प्रचण्डकै नेतृत्वमा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका थिए ।

पार्टी शान्ति प्रक्रियामा आएपछि प्रचण्डलाई विभिन्न आरोप लगाउँदै विप्लवसहितको ठूलो समूह सो पार्टीबाट बाहिरिएको थियो ।

प्रचण्डले भने सबै पूर्वमाओवादीहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएका छन् ।

सशस्त्र संघर्षको बाटो अँगाल्दै अगाडि बढेको विप्लव समूह नेता–कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि वार्तामा आउन बाध्य भएको सुरक्षा निकायको बुझाइ छ । 

यसक्रममा सरकारसँग भएको सहमतिअनुसार जेलमा रहेका विप्लव समूहका नेता–कार्यकर्ता छुट्ने क्रम जारी छ । 

तर विप्लव समूहले वार्तालाई आफ्नो शक्ति सञ्चयका लागि प्रयोग गरेको कतिपयको बुझाइ छ । 

अहिले विप्लव नेतृत्वको पार्टी संगठन विस्तार, भ्रातृ संगठनका भेला सम्मेलनमा व्यस्त छ । अधिकांश बैठक कपिलवस्तुमा भइरहेका छन् ।

शान्तिपूर्ण राजनीतिमा विप्लव समूह आए पनि उनीहरुका हतियार राज्यलाई नबुझाइएकाले सुरक्षा निकाय भने असन्तुष्ट हुँदै आएको छ ।

यसबीचमा विप्लव नेतृत्वको नेकपाले कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण प्रक्रिया अगाडि बढाएको छ । अधिकांश प्रमुख राजनीतिक दलको केन्द्रीय कार्यालय काठमाडौंमा रहँदा विप्लव नेकपाले भने कपिलवस्तुमा करोड बढी लगानीमा कार्यालय बनाउन लागेको हो । कपिलवस्तुको शिवगढीमा विप्लवको घर समेत छ ।

तस्बिर : प्रकाश डुम्रेको फेसबुकबाट । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !