site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच विद्यार्थीमा कोरोना : केयूमा भोलिदेखि अनलाइन कक्षा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङका कक्षा भोलिदेखि एक महिनाको लागि अनलाइनमा हुने भएको छ ।

छात्राबासमा बस्ने पाँचजना विद्यार्थी कोरोना संक्रमित भएपछि ती कक्षाहरू अनलाइनमा गर्न लागिएको उपकुलपति डा. भोला थापाले जानकारी दिए । अहिले कोरोना संक्रमित विद्यार्थीलाई आइसोलेसनमा राखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सुरक्षाको दृष्टिले हेर्दा कक्षा अनलाइन गर्दा नै ठिक हुने भएकोले यस्तो निर्णय गरेको बताए । केयूमा चारवटा छात्रावबास छ । जसमा करिब एक हजार विद्यार्थी बस्छन् ।

भोलिदेखि विद्यार्थीले छात्राबासमै बसेर कक्षा लिनेछन् । केयूले यसअघि नै विद्यार्थी धेरै भएका स्नातकका कक्षाहरू अनलाइनमा पढाउँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  २१:३१
प्रतिक्रिया दिनुहोस्