विशेष

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सवारी चालक र यात्रुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।
दोस्रो चरणको कोरोना भाइरसको त्रास बढेसँगै सवारी चालक र यात्रुले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
उनले कोरोनाको जोखिमबाट बच्न अब अनिवार्य रुपमा मास्क लगाएर मात्र यात्रा गर्न आग्रह गरे ।
“पछिल्लो समय कोरोनाको त्रास बढ्ने जोखिम भएकाले सवारी चालकले स्वास्थ्य सावधानी अवनाउन आवश्यक छ । महानगरीय ट्राफिक प्रहरी महासाखाले मास्क नलागाउने सवारी चालक र यात्रुलाई कडाइ गर्ने छ,” प्रमुख भट्टराईले भने ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७ १८:२०
प्रतिक्रिया दिनुहोस्