बाह्रखरी गल्फ

काठमाडौं । नेपाल आइस गल्फ प्रतियोगिताको उपाधि क्याप्टेन राजेन्द्र भक्तले प्राप्त गरेका छन् । सीजी गल्फ कोर्स नवलपुरमा भएको प्रतियोगिताको उपाधि राजेन्द्र भक्तले प्राप्त गरेका हुन् ।
काठमाडौं, पोखरा र चितवनका गरी २४ गल्फरले प्रतियोगितामा भाग लिएका थिए ।
सेकेन्ड रनर अपको उपाधि राजु थकालीले प्राप्त गरे भने लङ्गेस्ट ड्राइभतर्फ कालु घलेले ट्रफी प्राप्त गरेका थिए ।
ग्रस पोइन्टको उपाधि छिन्चो लामा र मष्ट बडिजतर्फको उपाधि पेम्बा शेर्पाले प्राप्त गरेका छन् ।
विजेता गल्फरहरुलाई क्याप्टेन सुधीर राई, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यलगायतले ट्रफी र गिफ्ट प्रदान गरेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत ७, २०७७ २०:३४
प्रतिक्रिया दिनुहोस्