साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को छायांकन सुरु भएको छ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’को छायांकन आजबाट सुरु भएको हो ।
काठमाडौंबाट सुरु भएको चलचित्रको छायांकन बझाङ पुगेर टुङ्गिने छ । “आजबाट हाम्रो चलचित्रको छायांकन सुरु भयो । बझाङ पुग्दा चलचित्रको छायांकन सकिने छ,” निर्देशक खनालले भने । चलचित्र निर्देशक स्वयंले खिच्ने छन् ।
चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा खड्का र अर्पण थापा छन् । सोसल ड्रामा ‘चिसो मान्छे’ले रिलिज डेट लिइसकेको छ ।
चलचित्रमा शर्मिला पाण्डेले लगानी गरेकी छिन् ।
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७ १३:१०
प्रतिक्रिया दिनुहोस्