साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद–२’ मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माण रहने चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भइसकेका छन् ।
‘प्रसाद–२’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने भएका छन् ।
‘प्रसाद–२’ लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् । यसको पहिलो सिरिजलाई दिनेश राउतले निर्देशन गरेका थिए ।
चलचित्रको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन् ।
चलचित्र चैतको दोस्रो साताबाट छायांकनमा जाने छ ।
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७ १४:३८
प्रतिक्रिया दिनुहोस्