site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोरोना संक्रमितको संख्या ११ करोड ७ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड ७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा ११ करोड ७ लाख ४९ हजार २३ जनामा कोरोना संक्रमण भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ३ लाख ५९ हजार ४८८ कोरोना संक्रमित थपिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख ५५ हजार १३१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ हजार ७५ जनाको मृत्यु भएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०७:५५
प्रतिक्रिया दिनुहोस्