site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भागरथी हत्या प्रकरण : संदिग्धको घेरामा सरकारी कर्मचारीदेखि शिक्षकसम्म

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी छ । प्रहरी अधिकारीहरुका अनुसार अनुसन्धान सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्किएकी थिइनन् । उनी २१ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

पोस्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि हत्या भएको खुलेको थियो । उनको घाँटी थिचेर हत्या गरिएको रिपोर्टमा उल्लेख छ । अनुसन्धान टोलीको नेतृत्व गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ बैतडीमा छन् ।

अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको छ । प्रहरीले सम्भावित संदिग्ध व्यक्तिहरुको सूची बनाएको छ । स्रोतले भन्यो, “संदिग्धको सूचीमा सरकारी कर्मचारी, शिक्षक, चिनजानका अन्य व्यक्ति छन् । अनुसन्धानमा केही सकारात्मक संकेत फेला परेका छन् । सम्भवतः छिट्टै अभियुक्त सार्वजनिक गर्छौँ ।”

केही संदिग्ध व्यक्तिहरुको व्यवहार र बोली शंकास्पदसमेत पाइएको छ । प्रहरीले भागरथीले प्रयोग गर्दै आएको मोबाइललगायत अन्य केही सामग्रीको फरेन्सिक ल्याबबाट अनुसन्धान गरेको छ ।

प्रहरीले पछिल्ला दिनहरुमा भागरथीका साथीलगायतका अन्य शंकास्पदहरुसँग सोधपुछ गरिरहेको छ । घटनास्थलमा भागरथीको मोबाइल भेटिनुलाई प्रहरीले अनुसन्धानमा सघाउ पुग्ने सकारात्मक संकेत मान्दै आएको छ । यसबाहेक प्रहरीले कल डिटेल, भागरथीको फेसबुकलगायतको पनि अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको थियो । विभिन्न तथ्य र सूचनाका आधारमा १५ जना बढी शंकास्पदहरुको ‘क्लोज रिङ’ बनाएको हो । भागरथीलाई २१ गते मोबाइलमा केही कल आएको भए पनि उनले ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको पाइएको बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro