site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘फलफूल खाऔँ भन्ने ट्रेन्ड बढेको थियो, कोभिडले प्रभाव पार्‍यो’
Tiktok banner adTiktok banner ad

पोखरा । कास्कीमा अरुक्षेत्रजस्तै फलफूल व्यवसायीलाई पनि कोभिडले निकै असर पुर्‍याएको छ । बाह्रखरी मिडियाले कास्कीको पोखरामा गरेको अन्तरक्रियामा फलफूल व्यवसायीले कोभिडका कारण नराम्ररी असर पारेको बताए ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका कृषि, मासु, माछा, फलफूल, डेरी व्यवसायीबीच गरेको अन्तरक्रियामा सहभागी फलफूल व्यवसायी सन्देश सिग्देलले आफूहरुका समस्या यसरी सुनाए–

अरु क्षेत्रझैँ यो पनि अछुतो छैन । घटिबढिको कुरा मात्र हो । विगतका वर्षमा भन्दा केही समय यता आयातित फलफूलबाहेक नेपाली किसानहरुको उत्पादन पनि बजारमा आएको छ । अहिलेको कृषिको माहोलले फलफूलको उत्पादन पनि केही मात्रामा केही उत्पादन चाहिँ थपिएको छ ।

केही फलफूलमा नेपाल आफैमा आत्मनिर्भर छ । जस्तै केरा । केरा बाह्रैमास उत्पादन हुन्छ । स्याउ, अंगुरको ठुलो फार्म छैन । आयात गर्नुपर्छ । एउटा लेभलको लगानी गरिसकेका हुन्छौँ, त्यसलाई समयमा बिक्री भएन भने खेर जान्छ । त्यसको भण्डारण, आयु बढाउनुपर्ने हुन्छ, यसले गर्दा लगानी राम्रै हुन्छ ।

आयातित फलफूलहरु चाहिँ विगतमा पनि परिमाणमा आयातित हुन्थ्यो, स्टोरेजमा लगानी सोही अनुसारको हुन्थ्यो । अहिले कोल्डस्टोरमा लगानी एकदमै बढिरहेको छ । 

खास तरकारी, मासुको लागि निश्चित तरिकाले, निश्चित समयको लागि भण्डारण गर्ने भन्ने हुन्छ । तर, फलफूलमा त्यस्तो हुँदैन । एउटै फलफूल वर्षभरि भण्डारण गर्नुपर्ने हुन्छ । हामीसँग अरु विकल्प पनि छैन । भण्डारण एकदमै आवश्यक छ । उपभोग अहिले पनि ७०–८० प्रतिशत घटेको छ ।
केही बढेजस्तो देखिन्छ तर, स्थिर छैन । नयाँ वर्षमा केही बढ्यो, त्यतिबेला आन्तरिक पर्यटक बढेका थिए । अहिले फेरि डाउन भएर १५–२० प्रतिशतमा झरेको छ ।

कोभिड १९ ले मान्छेको आय पनि घट्यो । वित्तीय चक्र प्रणालीमा नै ब्रेक लागेपछि प्रभाव परिहाल्ने भयो ।

 

 

फलफूलमा हाउसहोल्ड कन्जुम्पसन बढि छ । मनि भ्यालु कन्भर्ट गर्दा भोलुममा देखिएला तर, कन्जुम्पसन लेभल चाहिँ घटेको छ । शिक्षा प्रणालीले हाउसहोल्ड कन्जुम्पसन चाहिँ राम्रो छ । हप्तामा एक दिन फलफूल खाऔँ भन्ने ट्रेन्ड पनि बसेको थियो ।

घरायसी कन्जुम्पसन चाहिँ विगतमा बढ्दो थियो, अहिले छैन । कारण, मनि फ्याक्टर । मान्छे घरमा बसेपछि आम्दानी हुने भएन । यसले कन्जुम्पसनमा असर पार्‍यो ।

भण्डारणकै अभाव खट्किएको छ । ठुलो परिणाममा फलफूल भण्डारणको लागि निजी क्ष्ोत्रले मात्रै लगानी गर्न गाह्रो छ । सेल्सको भोलुम हेर्दा एक्लैले लगानी जुटाउन पनि गाह्रो हुन्छ । राज्यले एउटा कोल्डस्टोर बनाइदियो भने केही हदसम्म समाधान हुन्थ्यो कि ।

लगानी त भइसक्यो, ऋण नै लिएर भएता पनि । यसमा राज्यले केही सब्सिडी प्रोभाइड गरिदिए पनि राम्रो । राज्यले नभनेको होइन, तर कसले पाउने, लिने ? त्यसको निश्चितता हुनुपर्‍यो । प्रक्रिया नै झन्झटिलो अनि कसले पाउने भन्ने अनिर्णय । यो सरल र सहज नीति बनाइदिए केही राहत हुन्थ्यो ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पहलअन्तर्गत पोखराका व्यवसायीबीच अन्तरक्रिया गरेको हो । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।   एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ । 

 

 

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स र आईएमई रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro