site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
म माउन्ट केटु चढेको भए फर्कन पाउँदिन थिएँ : प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका १० नेपालीहरुलाई बधाई दिएका छन् ।  प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा जीवन नै जोखिममा राखेर शिखर आरोहण गरेकोमा व्यक्तिगत तर्फबाट मात्र नभै समग्र नेपालीको तर्फबाट धन्यवाद दिएको बताएका छन् ।

“नेपाल बहादुर लडाकुको मात्र देश नभएर साहसीहरुको देश हो भनेर पुष्टि भएको छ,” कार्यक्रममा बोल्दै उनले भने “विश्वमा जति पनि साहसिक काम छ अब त्यो नेपालीहरुलाई छाडिदिए हुन्छ ।”
पर्वतारोहीहरु सीधै अग्ला पहाड नचढी धेरै अभ्यासपछि मात्र आरोहण गर्ने भएकोले यो एक प्रकारको साधना भएको प्रधानमन्त्रीले बताए ।

Dabur Nepal

“हामीलाई त जुन पनि हिउँको थुप्रो उस्तै हो । जो कोहीलाई हिमालको दुःख थाहा हुँदैन । हिमाल चढ्ने बेलामा चुचुराको नजिकबाटै फर्कन पनि पर्न सक्छ । हरेका पाइलामा गाह्रो हुन्छ, तब न आरोही,” उनले ठट्यौली पारामा भने “नत्र भने त म पनि जान्थेँ नि । तपाईँहरु दश जना हुनुहुँदो रहेछ । म पनि सहभागी भएको भए एघार जना हुन्थ्यौँ ।”

उनले देशको प्रधानमन्त्री नै हिमाल चढेको भए त नेपालको परिचय नै छुट्टै हुने बताए । 

तर आफूले त्यो दुस्साहस गरेको भए आफु फर्कन नपाउने बताउँदै उनले भने, “शिखर आरोहण जो सुकैबाट हुने कुरा हैन । म चढेको भए नाम हुन्थ्यो, तर म फर्किन सक्ने थिइनँ । त्यसैले जो पनि शिखर आरोहण गर्न सक्दैनन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro