site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संस्थागत रूपमै प्याकेज ल्याउँछौँ’

नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कसरी अगाडि जाने भन्ने विषय नै महत्त्वपूर्ण हो । संस्थागत रूपमा तपाईं (बाह्रखरी मिडिया) ले स्पोट्र्सको माध्यमबाट पर्यटन रिभाइभ गर्न सकिन्छ भनेर जुन अभियान सुरु गर्नुभएको छ, यो अभियानको सफलताको कामना गर्दछु । स्पोर्टस् र टुरिजमलाई लिङ्क गर्नुभएको छ, यो महत्त्वपूर्ण छ । 

जहाँसम्म पर्यटन व्यवसाय सुरक्षित राख्ने र यसलाई कसरी चलायमान बनाउने भन्ने छ । यदि राज्य अभिभावक हो भने व्यवसायीलाई राहतका प्याकेज तुरुन्त दिनुपर्छ । सरकारले नै घोषणा गरेको राहत प्याकेज कार्यान्वयन गर्नुपर्छ भनेर हामीले बारम्बार भनिरहेका छौं । घोषणा गरिएको राहत प्याकेज कार्यान्वयन निकै ढिला भइरहेको छ । ‘एक्स्पाएर’ भएपछि औषधि उपचार गर्नुको औचित्य हुँदैन । पर्यटन क्षेत्रलाई सहज तरिकाले ऋण उपलब्ध गराइदिने, टाइम फ्रेम दिने, टर्चर नदिने गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई एउटा निर्देशन दिएको खण्डमै हामीलाई राहत हुन्थ्यो । अहिलेको समस्याबाट हामी अगाडि बढ्नैपर्छ । हिजोका समस्याहरूमा पनि राज्यसँग बसेर, सुरक्षासँग मिलेर हामी व्यवसायी मिलेर विभिन्न भूकम्प होस् वा अन्य विभिन्न अप्ठ्यारा कालखण्डसँग जुधेको अनुभव पनि छ र आँट पनि छ । 

रिभाइभका लागि सबैभन्दा पहिला साझेदारीमा नै जानुपर्छ । निजी क्षेत्रले मात्रै गर्छु भनेर पनि सक्दैन, सरकारले मात्रै गर्छु भनेर पनि हुँदैन । साझेदारीमा नै अगाडि बढ्नुपर्छ । यसका लागि मिडियाले समन्वयकारी भूमिका खेलिदिनुपर्छ । मुख्य समस्याहरूलाई सम्बन्धित ठाउँमा पुर्याइदिने, आवाज बुलन्द बनाइदिने काम मिडियाले हिजो पनि गरेको थियो र आज पनि गरिरहेको छ । त्यसको हामीले उच्च मूल्यांकन गर्नुपर्छ । यसलाई मिडियाले जारी राख्नुपर्छ । 

अहिलेको जुन समस्या छ, त्यो डरलाग्दो छ । अहिले पर्यटन उद्योग शत्प्रतिशत घाटामा रहेको उद्योग हो । अरू उद्योगको तुलनामा यो उद्योग सबैभन्दा ढिलो रिभाइभ हुने पनि निश्चित छ । अब बसेर मात्रै हुँदैन । पर्यटनलाई उत्पादनसँग जोड्ने गर्नुपर्छ । अर्को, आन्तरिक पर्यटनलाई अगाडि बढाउन दुई दिन बिदा दिनुपर्छ । संसारभर शनिबार र आइतबार दुई दिन बिदाको प्रचलन छ । दुई दिन सार्वजनिक बिदा दिने हो भने यस क्षेत्रलाई ठूलो राहत हुने थियो । हामी पर्यटन व्यवसायीहरूको माग के हो भने सातामा दुई दिन मात्रै बिदा भइदियो भने पर्यटन प्रवद्र्धनमा ठूलो राहत हुन्छ भन्ने हो । अहिले शनिबार बिदा हुँदा शुक्रबार हाँक्किएर काठमाडौंलगायत ठाउँबाट आन्तरिक पर्यटक पोखरा आइरहेका छन् । उनीहरू आतुर गरेर हिँडिरहेका छन् । यदि दुई दिन बिदा हुने हो भने उनीहरू सहज रूपमा एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छन् ।

 

 


 
अर्को कुरा यो बेलामा सरकारले पूर्वाधारमा विशेष जोड दिनुपर्यो । अहिले पनि सरकारको बजेट काम नभएर फ्रिज भएको छ । यो बेलामा पूर्वाधारमा जोड दिने, व्यवसायीलाई हौसला दिने, हामी छौं है भनेर सरकारले अभिभावकत्व ग्रहण गरिदिनुपर्छ । अहिले तीन तहको सरकारबीचमा तालमेल नमिल्दा हामीलाई अलिकति अप्ठ्यारो पनि परिरहेको छ । काठमाडौंबाट आएका आन्तरिक पर्यटक पोखरा बसेर मर्दी हिमाल जाँदा पीसीआर रिपोर्टका कारण बीचबाटो बाटै फर्कनुपर्यो । घान्द्रुक खुलेको धेरै भएको छैन । वास्तवमा पहिले नै खुला हुनुपर्ने थियो । घान्दु्रक बन्द हुँदा धेरै पर्यटक अलमलिइरहेका थिए । किने भने त्यो ट्रेकिङको हाइवे नै हो, राजमार्गको मुग्लिङ जस्तो ।
 
सरकारी जिम्मेवार निकायले भनेका कुराहरू तल्लो तहसम्म कार्यान्वयन नहुँदा, उनीहरूबीच तालमेल नमिल्दा व्यवसायीबीचमा अन्योल भइरहेको छ । हामीले पर्यटनमन्त्री, पर्यटन सचिवलाई भेटेर हाम्रा समस्याबारे अवगत गराएका छौं तर यो यो यसरी गर्छाैं भनेर केही पनि आउँदैन । हामी व्यवसायी थाकिसक्यौं, कति भनिरहने ? भनेको भन्यौं छौं तर परिणाम आउँदैन । पेड होलिडेको कुरा अति राम्रो हो । तर, कुरा हुन्छ, लागु हुँदैन । अनावश्यक ठाउँमा बजेट गइरहेको छ भने यो बेलामा कर्मचारीहरूलाई पेड होलिडे दिएर सुरुवात गरिदिनुपर्यो ।

गण्डकी प्रदेशबाटै पेड होलिडे सुरु गरिदिए पनि हुन्थ्यो । यो प्रदेश अन्य प्रदेशको तुलनामा वित्तीय रूपमा पनि बलियो छ । मुख्यमन्त्रीज्यूले गण्डकी प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने भन्दै आउनुभएको छ । अहिले नै पेड होलिडेको सुरुवात गरिदिए निकै राहत पुग्नेछ । संघीय सरकारले नै पनि यसको सुरुवात गर्न सक्छ । 

 

 

हामीले दीर्घकालीन पर्यटनको कुरा गरिरहँदा आन्तरिक पर्यटन प्रवद्र्धन नगरी हामी अगाडि बढ्नै सक्दैनौं । त्यसका लागि प्याकेज ल्याउन जरुरी छ । हामी पर्यटनसँग सम्बन्धित साथीहरू बसेर संस्थागत रूपमा प्याकेज घोषणा गर्नेछौं । कुन–कुन क्षेत्रले के–के दिन सकिन्छ ? सिङ्गललाई कति ? गु्रपलाई कति ? कर्पोरेटलाई कति ? भन्ने स्पष्ट प्याकेज छिटै घोषणा गर्नेछौं ।
 
बाह्रखरीले जुन गल्फ आयोजना गरेको छ, यसले पक्कै पनि आन्तरिक पर्यटनमा सहयोग पु¥याउनेछ । अहिले कोरोनाको बीचमा पनि भारत वा चीनबाट कुनै सेलिब्रिटी ल्याइ दिएको भए अझै राम्रो हुन्थ्यो । बाह्रखरी गल्फले पर्यटन प्रवद्र्धनमा पक्कै पनि सहयोग पु¥याउनेछ ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास स्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पलह अन्तर्गत पोखराका पर्यटन व्यवसायीबीच गरेको अन्तरक्रियामा उनले यस्तो आग्रह गरेका हुन् । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।  

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।  अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro