site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ओली गुटले आधिकारिकता दाबी गर्नुको अर्थ छैन : माधव नेपाल

काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओली समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको दाबी गर्नुको अर्थ नरहेको बताएका छन् ।

बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग नेपालले भने, “निर्वाचन आयोगले पत्रमा मागेको जवाफ दिएका छौँ । त्यो सानो गुटले पनि दाबा गरेको छ । त्यसको केही अर्थ भएन । त्यो पार्टी नै होइन । त्यो गुटले दाबी गर्ने आधार छैन । हामी बुझ्दै छौँ ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अध्यक्ष नेपालले प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पदको गरिमा र मर्यादको उपहास गरेको आरोप लगाए । जनताले उनको चरित्रलाई धिकारेको नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले संसद् विघटनविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा योजना बनाइरहेको बताए ।

फाइल तस्बिर ।
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १८:४०
प्रतिक्रिया दिनुहोस्