site stats
बाह्रखरी :: Baahrakhari
विशेष
निर्वाचन आयोगलाई ओली समूहको पत्र- माधव नेपाललाई अध्यक्ष बनाइएको भन्‍ने निवेदनको औचित्य छैन

काठमाडौं । नेकपाको ओली समूहले निर्वाचन आयोगलाई अध्यक्ष केपी शर्मा ‌ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको भनरे दिइएको निवेदन औचित्यहीन भएको भन्दै पत्र पठाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टी विभाजन भएको जसरी पत्र पठाएको भए पनि पार्टी विभाजन भने नभएको पत्रमा उल्ल्लेख छ । उक्त पत्रमा ओली पहिलो अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड द्वितीय अध्यक्ष रहेको र माधकुमार नेपाल वरिष्ठ नेता भएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रचण्डलाई दिइएको कार्यकारी भन्ने हटाइएको जानकारी आयोगलाई पठाएको पत्रमा भनिएको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन-नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।

सोहीको जवाफमा ओली समूहले आयोगलाई पत्र पठाएको हो । प्रचण्ड-माधव नेपाल समूहले पनि आयोगलाई आजै पत्र पठाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्