काठमाडौं । गत हप्ताको कार्यक्रममा हामीले संवैधानिक परिषद सम्बन्धी अध्यादेशको विषयलाई लिएर प्रधानमन्त्री ओलीको सर्वसत्तावादी चरित्रको पर्दाफास भएको घोषणा गरेका थियौँ । बिहीबार प्रसारित सो कार्यक्रमलाई आइतबार नै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेर देखाइदिए ।
धेरै पहिलेदेखि गरिएको अनुमान अन्ततः राजनीतिक विस्फोटनमा परिणत भएको छ ।
वातावरणमा एक प्रकारको अन्योल र भय छाएको छ । विस्फोटनका पराकम्पन क्रमशः फैलँदै छन् । अब यो प्रदेश र स्थानीय राजनीतिमा ओर्लने क्रममा देखिन्छ । ओली–भण्डारी टिमले लिएको कदमको प्रतिवाद गर्दै नेपाली कांग्रेस र अन्य राजनीतिक दल किन निर्वाचन घोषणाको भुलभुलैयामा फस्नु हुँदैन भन्नेमा आजको कार्यक्रम केन्द्रित गरेका छौँ ।
थप कार्यक्रम भिडियोमा