site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लवप्रति कठोर बन्दैछ सरकार !
Sarbottam CementSarbottam Cement

काठमाडौं । विप्लव समूहले मंगलबार मोरङमा एकजना शिक्षकको हत्या गरेपछि त्यसले सुरक्षा संयन्त्रलाई झस्काएको छ ।  कोरोना महामारीमा विप्लव समूहका गतिविधी सुस्त बनेको र हिंसात्मक क्रियाकलाप रोकेको चर्चा भइरहेका बेला सो समूहले गरेको व्यक्तिहत्याले सुरक्षा संयन्त्र झस्किएको हो । 
पूर्वमाओवादी नेता नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको नारा अघि सारेको छ । 

सोही पार्टीका कार्यकर्ताले मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपरहणपछि निर्मम हत्या गरेका छन् ।  बिहानै श्रेष्ठलाई विप्लव समूहका ४–५ जना आएर लगेर गएका थिए ।  त्यसको केही समयपछि श्रेष्ठ मृत अवस्थामा स्थानीय बर्खे जंगलमा फेला परे । 

हत्याको जिम्मेवारी विप्लव समूहले लिएको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहले विज्ञप्तिमार्फत दाबी गरेको छ । तर उनको हात बाँधेर घाँटी रेटेर हत्या गरिएको छ । यसले विप्लव समूहको प्रतिकारको दाबी पुष्टि हुन सक्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । सुरुमा शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको बताइएको थियो । त्यतिबेला प्रहरी घटनास्थल पुगेको थिएन । प्रहरी घटनास्थल पुगेपछि हात बाँधेर घाँटी रेटेर हत्या गरिएको खुलेको हो । उनको हत्यापछि स्थानीयमा त्रास उत्पन्न भएको छ । 
हत्या गरिएका शिक्षकलाई सुराकीको आरोप विप्लव समूहले लगाए पनि उनी सुराकी नभएको प्रहरी दाबी छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले भने,“उनको नाम मैले हिजो मात्रै सुनेको हो । उनी कुनै सुराकी थिएनन् ।”

प्रदेश नम्बर १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की पनि हत्या गरिएका शिक्षक श्रेष्ठ सुराकी नभएको बताउँछन् ।  उनले भने,“उहाँ गाउँमा निकै सहयोगी भावनाको हुनुहुन्थ्यो । जोकोही गए पनि खाना खान भन्नुहुन्थ्यो । सबैलाई सघाउनुहुन्थ्यो ।” केही दिनअघि सो क्षेत्रबाट मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुईजना नेतालाई पक्राउ गरेको थियो ।  

Global Ime bank

इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।  सेक्सन कमान्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोबस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए । त्यही घटना पक्राउ परेको विषयमा श्रेष्ठले नै सूचना दिएको विप्लव समूहको दाबी छ । 

कठोर बन्ने सरकारी तयारी

विप्लव समूहबाट भएको यो पहिलो हिंसात्मक घटना भने होइन । यसअघि पनि ललितपुरमा एनसेल कार्यालयमा सो समूहले विष्फोट गराउँदा एकजनाको मृत्यु भएको थियो । सो घटनाको जिम्मेवारी पनि विप्लव समूहले नै लिएको थियो ।  केही विष्फोटमा विप्लव समूहका आफ्नै कार्यकर्ता पनि मारिएका छन् । यसले विप्लव समूह हतियारसहित संघर्षमा जुटेको पाइएको प्रहरीले जनाएको छ ।

तर मोरङमा भएको श्रेष्ठको हत्या भने विष्फोट नभएर नियन्त्रणमा लिएर गरिएको हो ।  यसले उनीहरुको आन्दोलन राजनीतिक नभइ आपराधिक हुँदै गएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा बताउँछन् ।  उनले भने,“मोरङको घटना आपराधिक हो । त्यसैले यसमा संलग्नलाई कानुनी दायरामा ल्याइन्छ ।” 
गृहकै अधिकारीका अनुसार विप्लव समूहविरुद्ध अब कठोर रुपमा प्रस्तुत हुन सुरक्षा निकायलाई निर्देशन दिने तयारी छ । 

यसबारे मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले पनि संकेत गरेका छन् ।  प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर विप्लव समूहविरुद्ध कठोर रुपमा प्रस्तुत हुनुपर्ने बताउँछन् ।  उनले भने,“श्रेष्ठको हत्या घटना विशुद्ध आपराधिक कार्य हो । यसमा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ । यसबाहेक अब कानुनको कठोर कार्यान्वयन गर्नतर्फ पनि हामी अग्रसर हुन्छौँ ।”

शिक्षक श्रेष्ठको हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । मंगलबारबाटै विभिन्न जिल्लाका प्रहरी टोली र सशस्त्र प्रहरीको टोली श्रेष्ठको हत्या भएको जंगलमा सो समूहविरुद्ध ‘सर्च एण्ड अरेष्ट’ अपरेसनमा जुटेको छ ।  मोरङका एसपी सन्तोस खड्काका अनुसार घटनामा संलग्न कोही पक्राउ परेका छैनन् । तर खोजी कार्य जारी छ । 

सुरक्षाकर्मी र विप्लव समूह आमने–सामनेको खतरा

विप्लव समूह व्यक्तिहत्याकै तहमा उत्रिएपछि त्यसले द्वन्द्वको खतरा बढेको छ । अब सरकारले पनि सो समूहविरुद्ध थप कदम चाल्नेछ । यसले सुरक्षाकर्मी र विप्लव समूह आमने–सामनेको खतरा बढेको छ । यस्तोमा कतिपय अवस्थामा सुरक्षाकर्मीले समेत सो समूहविरुद्ध बल प्रयोग गर्ने सम्भावना रहन्छ । सुरक्षा निकायका उच्च अधिकारीले गृह मन्त्रालयले विप्लव समूहविरुद्ध प्रतिवादमा उत्रिन निर्देशन दिनुपर्ने बताइरहेका छन् । 

एक उच्च सुरक्षा अधिकारीले भने,“हामीले कार्यकर्ता पक्राउ गर्दै आएका थियौं । हतियारसहित भेटिँदा पनि हामीले नियन्त्रणमै लिएका छौं । तर निहत्था नागरिकको हत्या गर्न कार्यमा उनीहरु लागेपछि अब सहेर बस्ने हो भने उनीहरुको मनोबल बढ्छ । नागरिक सुरक्षित महसुस गर्नै सक्दैनन् । अब ठोस कदम सरकारले चाल्नैपर्छ ।”

विप्लव समूहले आफूहरु सैन्य गतिविधि बढाइरहेको सुरक्षा निकायको सूचना छ । विप्लव समूहले संगठन विस्तार गर्दै एकीकृत रुपमा सैन्य गतिविधिलाई अघि बढाइरहेको पाइएको छ ।  मुलुक महामारीको सामना गरिरहेको मौका छापेर विप्लव समूहले पूर्वी र मध्यपश्चिम क्षेत्रका पहाडी भेगमा हतियारसहित तालिम गरेको सूचना पनि सुरक्षा निकायसम्म पुगेको छ । 

त्यही सूचनाका आधारमा कतिपय स्थानमा प्रहरीले अपरेसनसमेत चलाएको थियो ।  सुरक्षा निकायले आन्तरिक सुरक्षा चुनौती विप्लवसमूह नै रहेको पटक–पटक निष्कर्ष समेत निकालेका छन् । 

फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय