site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा कोरोना संक्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च  

बीबीसी । अमेरिकामा कोरोना संक्रमित र अस्पताल भर्ना हुनेहरुको सङ्ख्या अहिलेसम्मकै उच्च रेकर्डमा पुगेको छ । स्वास्थ्यविद्हरुका अनुसार क्रिस्मससम्म यो दर घट्न धेरै कठिन पर्नेछ । 

पहिलोपटक त्यहाँ एकैदिनमा अस्पताल भर्ना हुनेको सङ्ख्या १ लाख पार गरेको ‘कोभिड ट्रयाकिङ प्रोटेक्ट डाटा’ ले देखाएको छ । सो तथ्याङ्क नोभेम्बरको सुरुवातमा भन्दा दुई गुणाले बढेको हो । यसका साथै बुधबार नयाँ संक्रमित बिरामीहरुको सङ्ख्या पनि हालसम्मकै उच्च १ लाख ९५ हजारभन्दा बढी पुगेको छ । यता २ हजार ७३३ को मृत्यु हुँदा यसले पनि नयाँ रेकर्ड बनाएको छ । यसरी अमेरिकामा संक्रमितहरुको सङ्ख्या झन्डै १ करोड ४० लाख नजिक पुग्न लागेको छ भने २ लाख ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

अमेरिकाले केही हप्ता यतादेखि नै कोभिड बिरामीको सङ्ख्यामा उल्लेनीय रुपमा वृद्धिको सामना गरिरहेको छ । जसमा नोभेम्बरमा मात्र हरेक हप्ता नयाँ संक्रमितहरु लाखौँ हुन पुगेको हो । यसको प्रतिक्रियामा अमेरिकी निकायहरुले देशको स्वास्थ्य सेवा प्रणाली जाडोयाममा अप्रत्याशित दबाबमा परेको बताइरहेका छन् । 

यसअघि सीडीसीका प्रमुख रोबर्ड रेडफिल्डले डिसेम्बर, जनवरी र फेब्रुअरी, देशको सार्वजानिक स्वास्थ्यको इतिहासकै सबैभन्दा अफ्ठ्यारो समय हुने बताएका थिए । सबैभन्दा धेरै जनसङ्ख्या बसोबास गर्ने, क्यालिफोर्निया, टेक्सस र फ्लोरिडा अहिले सबैभन्दा नराम्ररी प्रभावित भइरहेका छन् । यी स्टेटहरुमा कोरोना संक्रमितहरु दशौँ लाख पुगिसकेका छन्  । यसअघि लस एन्जलसका मेयर एरिक गार्सेट्टीले आपत्कालीन निर्देशन जारी गर्दै सबै वासिन्दाहरुलाई घरैमा बस्न समेत आदेश दिएका थिए । 

सरकारको सुझाव बेवास्ता गर्दै अधिकतम मानिसहरु ‘थ्याङ्क्स गिभिङ’ मनाउन यात्रा गरिरहेकाले पनि आगामी केही दिनसम्म संक्रमण दर यसरी नै नयाँ रेकर्डमा बढ्दै जाने अमेरिकी निकायहरुले बताएका हुन् ।

यात्रा गर्नेहरुमा थोरै प्रतिशत मात्र कोरोना संक्रमित भएपनि उनीहरुले हजारौँ, लाखौँमा रोग फैलाउन सक्ने हुँदा नयाँ कोभिड बिरामी थपिने क्रम नियन्त्रण गर्न अत्यन्तै गाह्रो परिरहेको बताइएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro