काठमाडौं । नेपालमा राजावादीहरू राजतन्त्रको पुनस्र्थापनाको माग गर्दै देशभरी नारा र जुलुस गर्दैछन् भने सयौं वर्षदेखि थाइल्याण्डमा रहेको राजतन्त्र अब काम छैन भनेर विरोधमा ठूलै आन्दोलन भइरहेको छ । आजको कार्यक्रम ‘प्रतिवाद’ राजावादीले देखाएको प्रतिगमनकारी जुलुस र कार्यक्रममा केन्द्रित रहेको छ ।
राजावादीले जुलुस गर्न हुँदैन, जुलुस गर्न पाउँदैनन् भन्ने होइन, बहुलवाद र लोकतन्त्रमा विश्वास गर्नेहरूले अर्को विचारलाई उठ्न दिनै हुँदैन भन्न मिल्दैन र भन्नु पनि हुँदैन ।
तर यसरी गरिएको आन्दोलनका सार के हो ? किन यस्तो आन्दोलन हुँदैछ । यसले देश र जनतालाई सकारात्मक वा नकारात्मक कस्तो असर पर्छ भन्ने विषयमा मनन् गरेर त्यसको समर्थन वा प्रतिवाद गर्नु पनि लोकतान्त्रिक परिपाटी नै हो ।
कार्यक्रम प्रतिवाद भिडियोमा