site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुलीको जंगलमै लुके बम्जन, प्रहरीजस्तै बम्जनका सुराकी पनि सक्रिय !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीको सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन् लिटिल बुद्धका नामले चिनिँदै आएका तपस्वी रामबहादुर बम्जन । लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जन फेला पर्न नसकेपछि प्रहरीले खोजीका लागि विशेष टोली नै परिचालन गरेको छ । केन्द्रीय अनुसन्धान ब्‍युरो (सीआईबी) को विशेष टोली उनकै खोजीमा छ ।

बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका बम्जनसहित जिल्ला अदालत, सर्लाहीमा तीन जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भइसकेपछि अदालतमा बम्जन उपस्थित हुने कतिपयको अनुमान थियो । तर उनी उपस्थित भएनन् ।

उनको बाराको हल्खोरिया जंगल, सिन्धुली, नुवाकोटमा आश्रम रहेको बताइएको छ । तर प्रहरी बम्जन सिन्धुलीकै जंगलमा रहेको दाबी गर्छ । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख (डीआईजी) सहकुल थापा भन्छन्, “निकै धना जंगल छ । उनी सोही जंगलमा लुकेको सूचना हामीसँग छ । खोजी कार्यमा हामी निरन्तर लागेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि प्रहरीले पटक-पटक सिन्धुलीस्थित उनको आश्रममा छापा हानिसकेको छ । यसअघि बम्जनको सिन्धुपाल्चोक आश्रममा पनि प्रहरीले छापा मारेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कै टोलीले  सिन्धुपाल्चोकस्थित आश्रममा पनि खानतलासी गरेको थियो ।  सो क्रममा बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएका नुनका ढिका भने फेला परेको थियो ।  बम्जनमाथि सर्लाहीकी रीता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया तामाङको हत्या गरेको आरोप पनि लाग्दै आएको छ । उनका अनुयायीहरु तथा समर्थकहरुले भने आरोपको खण्डन गर्दै आएका छन् ।

Global Ime bank

तर त्यसयता बम्जन देखिएका छैनन् । प्रहरीले बम्जन रहेको भनिएको उनको आश्रम र जंगल सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ स्थित जंगलमा रहेको क्षेत्रमा मैत्री धर्म आश्रमले चर्चेको स्थानमा पर्छ । आश्रमको मूलगेटबाट चार सय मिटर अगाडि १० रोपनीमा बम्जन बस्ने घर छ ।

बम्जनको आश्रम रहेको जंगलमा अत्याधुनिक भवनसमेत छन् । जंगलमै रहेको आश्रममा जिम हाउस पनि छ  ।

बम्जनले ठाउँ-ठाउँमा सेन्ट्री पोस्ट निर्माण गरेका छन् । जसले नयाँ मान्छे वा प्रहरी आश्रम क्षेत्रमा प्रवेश गर्दा भित्र सूचना प्रवाह गर्छन् । झन्डै ३५ बिघाको घना जंगलमा बम्जनको आश्रम फैलिएको छ । बम्जन सोही जंगलमा रहेको र जंगलमै रहेका उनका सुराकी हरेक नयाँ मान्छेका गतिविधिको सूक्ष्म निगरानी गर्दै आएका छन् ।

सुराकीबाहेक करातेलगायत तालिमप्राप्त खेलाडी पनि बम्जनको सुरक्षामा रहेको बताइन्छ । बम्जनलाई भेट्न सीमित व्यक्तिमात्रै जान पाउने गरेको प्रहरी दाबी छ । उनलाई केही स्थानीय जनप्रतिनिधिले समेत सहयोग गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !