site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आईजीपीकै ब्याची एसएसपी, जुनियर ब्याचका डीआईजी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा बढुवा विवाद सधैं हुने गरेको छ । सत्तामा आउने फेरबदलको असर प्रहरीमा समेत पर्दै आएको छ । अहिलेकै अवस्था हेर्ने हो भने पनि वहालवाला आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची एसएसपी छन् भने त्योभन्दा जुनियर ब्याचका एसएसपी भने डीआईजी भइसकेका छन् ।

सरकारले थपेको एक एआईजीमा पनि जुनियर ब्याचकै डीआईजीको दाबी छ । यसले प्रहरी संगठनमा पटक-पटक राम्रा अधिकृत मानिएका व्यक्तिले राजीनामा दिँदै आएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकबाट पाँचजना डीआईजी र एक एआईजीको दरबन्दी थपेपछि बढुवाका लागि दौडधुप तीव्र रूपमा सुरु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एआईजी दरबन्दी थप्‍ने सरकारी निर्णय विवादमा परेपछि तत्काल डीआईजीको मात्रै बढुवा प्रक्रियाअगाडि बढाउने प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको तयारी छ । डीआईजीको लाइनमा रहेका एसएसपीहरु सरकारको पछिल्लो निर्णयसँगै शक्ति केन्द्रसँगको दौडधुपमा लागिसकेका छन् । त्यसो त प्रहरी संगठनमा कार्यक्षमता,नेतृत्व क्षमता लगायतलाई आधार मानेर बढुवा गरिने भए पनि शक्ति केन्द्रको प्रत्यक्ष दबाब भने रहन्छ ।

डीआईजीका लागि हालका प्रहरी प्रमुख आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची एसएसपी गणेश ऐर, पुरुषोत्तम कँडेल, सौरभ राणा, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल साह, उमेश रञ्‍जित र राजेशलाल कर्ण छन् । उनीहरु आईजीपी शैलेश थापासँगै अवकाशमा जानेछन् । यस्तै त्यसपछिको ब्याचका दिवेश लोहनी, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मोहमद आलम खाँ, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी पनि बढुवाको लाइनमा छन् ।

Global Ime bank

आईजीकै ब्याची प्रद्युम्‍न कार्की, नीरजबहादु शाही डीआईजीबाट एआईजीमा बढुवा र अर्का डीआईजी सूर्य उपाध्यायले अनिवार्य अवकाश पाएपछि तीन डीआईजीको पद रिक्त थियो । यस्तोमा ५ डीआईजीको दरबन्दी थपिएसँगै आठजना डीआईजीका लागि एसएसपीहरु प्रतिस्पर्धा गर्नेछन् । डीआईजी बढुवामा सत्तारुढ दल र प्रधानमन्त्रीले नै चाहेका व्यक्ति पहिलो रोजाइमा पर्नसक्ने सम्भावना बढी रहन्छ ।

रिक्त आठ डीआईजीको बढुवा प्रक्रिया केही दिनमै सुरु गर्ने तयारी छ । गृह स्रोतका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएन्डएम) को अध्ययनबिनै एआईजीको दरबन्दी थप भएको भन्दै तत्काल एआईजी बढुवा प्रक्रिया अगाडि बढ्ने सम्भावना कम छ । यसबारे स्वयं गृहमन्त्री पनि आफ्नो जानकारीबिनै एआईजी थपिएको भन्दै रुष्ट बनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !