
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि सोमबार कोरोना परिक्षण गरिने भएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका २२ खेलाडीको कोरोना परीक्षण सोमबार गरिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि काठमाडौंमा सुरु गर्ने जनाएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै क्रिकेट टोलीको पशिक्षण सुरु गर्न लागेको क्यानले जनाएको छ ।
हालको अवस्थामा नेपाल सरकारको नीति निर्देशनअनुसारको सावधानीका उपाय एवं सुरक्षा नीतिको अवलम्बन गर्दै काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्न लागेको क्यानले जनाएको छ । त्यसका लागि क्यानले मंसिर ८ गते कोरोना परीक्षण गर्न लागेको हो ।
कोरोना परिक्षणपछि रिपोर्ट नेगेटिभ आउने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा समावेश गरिनेसमेत क्यानले जानकारी दिएको छ ।
बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप-कप्तान), पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी, सुशन भारी, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनाश बोहोरा, रोहितकुमार पौडेल, कुशल मल्ल, कमलसिंह ऐरी, सन्दीप जोरा, भुवन कार्की, मो. आरिफ सेख, सुवास खकुरेल, रासिद खान र किशोर महतो
प्रशिक्षक
जगतबहादुर टमाटा